हेटौंडा : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि ठूलो अन्याय भएको बताएका छन्।हेटौंडा उपमहानगरपालिकासँगको सम्झौता रद्दबारे जानकारी दिन आइतबार गरेको पत्रकार सम्मेलनमा उनले आफूले गर्दै नगरेको भ्रष्टाचार आरोपमा विश्व फुलबल महासंघ (फिफा) बाट प्रतिबन्धमा परेको भन्दै आफूमाथि अन्याय भएको बताएका हुन्।उनले आफूले इमान्दारीपूर्वक काम गर्दा पनि अन्याय भएको भन्दै मंसिरबाट आफ्नो बारेमा गलत अफवाह फैलाउने एन्फाको नेतृत्वविरुद्ध उत्रिने चेतावनी दिएका छन्।&ls