इलाम : अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापाले एन्फाको कार्यकारिणी समितिको बैठकमा आफूले पनि धारणा राख्न पाउनुपर्ने माग गरेका छन्।आगामी पुस २२ गते हुने बैठकमा आफ्ना कुरा राख्न समय मिलाइदिन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग माग गरेका हुन्।फिफाबाट प्रतिबन्धमा परेका पूर्वअध्यक्ष थापाले आफूले एन्फालाई लेखेको पत्र पनि सार्वजनिक गरेका छन्।उनले एउटा खेलाडी, राष्ट्रिय टोलीको कप्तान र एन्फा अध्यक्षको रुपमा रहेर लामो समय नेपाली फुटबलमा सेवा गरेको विदितै रहेको उल्लेख गर्दै अहिलेको नेतृत्