काम सुरु गरेको ४३ दिनमै सकियो गुर्जा खानेपानी आयोजना

म्याग्दी : धवलागिरी गाउँपालिका-१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो। गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ। यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन…

सम्बन्धित सामग्री

खानेपानी आयोजना सात वर्षसम्म अधुरै

खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् । खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५, कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण सुरु गरेको थियो ।

बजेट अभावमा बागलुङमा खानेपानी आयोजना अलपत्र

९ जेठ, बागलुङ । बडिगाड गाउँपालिका–३ मा चरम खानेपानी अभाव भएपछि आर्थिक वर्ष ०६७/६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । २ करोड ८५ लाख २९ हजार रुपैयाँमा सक्ने गरी काम सुरु …

मेलम्चीका नाममा उमाकान्तलाई मोज

काठमाडौं, १६ साउन । कुनैबेला नेपाल वायुसेवा निगम नेताहरुको दुहुनो भैंसी थियो । विमान लिजमा लिदै मोटो कमिशन असुल्दै नेताहरु मोटाएको इतिहास साक्षी छ । यसले धेरै विवादमा आयो । त्यसपछि मेलम्ची खानेपानी आयोजना दुहुनो भैंसी बन्यो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर प्यास मेटाउने नारा तीन दशक अघि नै लाग्यो । काम सुरु भएको […]

मेलम्ची मुहानका ठूला ढुङ्गा हटाउन सिनो हाइड्रोले माग्यो नेपाली सेनाको सहयोग

३ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजना पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला-ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुरमा पन्तका अनुसार ठेकदारसँग उपलब्ध यन्त्र उपकरणले ठूला […]

चैतसम्ममा उपभोक्ताको धारामा खानेपानी आउने दाबी

मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु भएको छ । दु्रत प्रक्रियाबाट पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबाट मेलम्ची मर्मतको काम सुरु भएको हो ।सरकारले आगामी चैत मसान्तभित्र नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने प्रतिबद्धता जनाएको छ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्रयाकबाट अगाडि बढाउनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव स्वीकृत गरेपछि काम अगाडि बढाउन […]

मेलम्ची आयोजना जाने सडककाे ट्रयाक खुल्यो, आउँला त चैतमा पानी ?

काठमाडौं : बाढीले क्षति पुर्‍याएकाे मेलम्ची खानेपानी आयोजना जाने सडककाे ट्रयाक खुलेको छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई अस्थायी बाटो खुलाएको हो।गाउँपालिकाले गत भदौ मसान्तबाट आयोजनाको हेडवर्क्स (मुख्य बाँधस्थल) सम्म सडक खोल्ने काम सुरु गरेको थियो। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाटोको ट्रयाक खोल्ने काम सकिसकेको छ।‘हामीले अस्थायी बाटो खुलाइसकेका छौँ,’उनले भने,‘अब त मान्छेलगायत गाडि पनि आयोजनाको मुखसम्म नै जान्छ, मेलम्ची खान

झोरमा १२ करोडको अत्याधुनिक फिल्ट्रेट खानेपानी आयोजना

झोरमा १२ करोड लागतमा अत्याधुनिक फिल्ट्रेट खानेपानी आयोजना निर्माण हुने भएको छ । टोखाबासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजना निर्माण हुन लागेको हो ।काठमाडौं खानेपानी उपत्यका लिमिटेडका अनुसार, सर्वसाधारणको खानेपानीको बढ्दो आवश्यकता ख्याल गर्दै उक्त आयोजना निर्माणको तयारी भइरहेको जानकारी गराएको छ । आगामी १ महिनाभित्र नै खानेपानी आयोजनाको काम सुरु हुने […]

साढे १५ करोड लगानीमा खानेपानी आयोजना

हेटौंडाका विस्तारित वडाहरुमा सहज खानेपानीको पहुँच पु-याउनको लागि संघीय र स्थानीय सरकारको सहलगानीमा हेटौंडामा वृहत खानेपानी आयोजना निर्माणको काम सुरु भएको छ । दुईवर्षभित्र सम्पन्न हुने आयोजनाबाट दैनिक २५ लाख लिटर पानी उत्पादन हुनेछ । बृहत खानेपानी आयोजनाको लागि १५ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन निकास आयोजनाको ७० प्रतिशत एवम् हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा खानेपानी ट्यांकी र डीप बारिङ निर्माणको काम सुरु गरिएको हो ।

३० करोड लागतमा खानेपानी आयोजना

डडेल्धुरा सदरमुकाममा साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । १५ सय धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना सहरी खानेपानी योजनाको काम थालिएको हो ।

बैतडीका खानेपानी आयोजना सुस्त, डेढ वर्षमा सकिनुपर्ने पाँच वर्षमा पनि सकिएन

बैतडी : बैतडीमा निर्माणधिन अवस्थामा रहेका पाटन–नयाँ शहर बृहत खानेपानी आयोजना, श्रीकोट, सलेना खानेपानी आयोजनालगायत ठूला आयोजनाको कामले गति लिन सकेको छैन्। काम सुरु भएको लामो समय वितिसक्दा पनि निर्माण सम्पन्न नुहँदा स्थानीयले खानेपानी अभाव झेल्दै आएका छन्। उपभोक्ता समिति र निर्माण कम्पनीले समयमै काम नगर्दा अधिकाशं खा...