हेटौंडाका विस्तारित वडाहरुमा सहज खानेपानीको पहुँच पु-याउनको लागि संघीय र स्थानीय सरकारको सहलगानीमा हेटौंडामा वृहत खानेपानी आयोजना निर्माणको काम सुरु भएको छ । दुईवर्षभित्र सम्पन्न हुने आयोजनाबाट दैनिक २५ लाख लिटर पानी उत्पादन हुनेछ ।
बृहत खानेपानी आयोजनाको लागि १५ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन निकास आयोजनाको ७० प्रतिशत एवम् हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा खानेपानी ट्यांकी र डीप बारिङ निर्माणको काम सुरु गरिएको हो ।