बैतडीका खानेपानी आयोजना सुस्त, डेढ वर्षमा सकिनुपर्ने पाँच वर्षमा पनि सकिएन

बैतडी : बैतडीमा निर्माणधिन अवस्थामा रहेका पाटन–नयाँ शहर बृहत खानेपानी आयोजना, श्रीकोट, सलेना खानेपानी आयोजनालगायत ठूला आयोजनाको कामले गति लिन सकेको छैन्। काम सुरु भएको लामो समय वितिसक्दा पनि निर्माण सम्पन्न नुहँदा स्थानीयले खानेपानी अभाव झेल्दै आएका छन्। उपभोक्ता समिति र निर्माण कम्पनीले समयमै काम नगर्दा अधिकाशं खा...

सम्बन्धित सामग्री

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

गलकोट (बागलुङ), ४ फागुन । विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष […]

दशकपछि बृहत धौलिगाड खानेपानी आयोजना निर्माण हुँदै

जुम्लामा निर्माणाधीन गौरवको ‘धौलिगाड खानेपानी आयोजना’ निर्माणले गति लिएको छ । निर्माण थालनी भएको दशकबढी समयपछि चालू आर्थिक वर्षबाट आयोजनाको निर्माण कार्यले गति लिएको हो । २०६७ सालयता आयोजना निर्माणको प्रारम्भ भएको थियो । विभिन्न तदर्थ समिति गठन गरे पनि विगतका वर्षमा निर्माण कार्यले गति लिन सकेको थिएन । मुलुककै सबैभन्दा बढी हाइअल्टिच्युटमा निर्माण हुन […]

भेडेटारमा १० वर्षमा तयार भयो ‘लिफ्ट’ खानेपानी

काठमाडौँ । पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो।  २०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको […]

जिल्लाकै ठूलो खानेपानी आयोजना : तीन वर्षमा तीन करोडको काम

पर्वत । पर्वतको शंकरपोखरीमा निर्माणाधीन जिल्लाकै ठुलो लिफ्ट खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन । जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरीमा ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित २०७४ फागुन महीनाबाट शुरू भएको लमाए खोला बृहत् लिफ्ट खानेपानी आयोजनाले लक्ष्यअनुसार काम गर्न नसकेको हो । उक्त आयोजनाको कुल लागत १५ करोड रूपियाँ भए पनि उपभोक्ता समितिले […]

१५ करोडको खानेपानी आयोजना : ३ वर्षमा ३ करोड मात्र खर्च !

फागुन २८, पर्वत । पर्वतको एक गाउँमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन ।  जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरीमा ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित २०७४ फागुन महीनाबाट शुरु भएको लमाएखोला बृहत लिफ्ट खानेपानी आयोजनाले लक्ष्य अनुसार काम गर्न नसकेको हो । उक्त आयोजनाको कुल लागत १५ करोड रुपैयाँ भएपनि उपभोक्ता समितिले तीन वर्षको अवधिमा जम्मा ३ करोड रुपैयाँको मात्रै काम गरेको छ ।  आयोजनाले १ हजार ५० घरमा खानेपानीको धारा पुर्‍याउने लक्ष्य राखेको छ । उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमार्फत आयोजनाको काम अगाडी बढेको हो । मन्त्रालयले आवश्यक बजेटको सुनिश्चितता नगरिदिंदा र पटकपटक डिजाईन परिवर्तन गरिदिंदा कामले गति लिन नसकेको उनले बताए ।  उनले भने,‘ काम अनुसार मन्त्रालयले खुरुखुरु भुक्तानी दिए समस्या हुने थिएन ।’ मन्त्रालयमा सचिव र इञ्जिनीयर फेरिएपिच्छे आयोजनाको स्टिमेट फेरिदिने समस्या रहेको उनले सुनाए ।  उपभोक्ता समितिका अनुसार लमाएखोलाबाट लिमीकोटसम्म १ हजार ५०० मिटर माथिसम्म पानी तानेर गाउँमा वितरण गर्ने  लक्ष्य छ । लिमीकोटमा २ लाख लिटरको मुख्य रिजर्भवेयर टंकी, भूमेकोटमा १ लाख लिटर, थुमगाउँमा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको टं्याकी निर्माण भइसकेको छ । जिल्लाको सवैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाको रुपमा रहेको यो आयोजनाको काम  दुई वर्षमै सक्ने योजना अनुरुपा तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका थिए । तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधवार अनुगमनमा आएका गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने प्रतिबद्धता गरेका छन् । उनले उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बाहना नगरी काम सक्न पनि निर्देशन दिए ।  आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताएपछि उपभोक्ता समिति यहि चैत महीासम्ममा आयोजनाको काम सक्न तयार भएको छ । सिनियर डिभिजनल इञ्जिनीयर प्रेम डोटेलले उपभोक्ता समिति र ठेकेदार कम्पनीले जति सक्दो धेरै काम गरे बजेटको निकासामा मन्त्रालयले कुनै बाधा नपुर्‍याउने गरि निर्देशन दिइएको जानकारी दिए ।  उनले स्थानीय तहको चुनाव अगाडी नै प्रदेश भरिका रुग्ण र अलपत्र परेका आयोजनाको काम सक्न ताकेता गरिरहेको पनि जानकारी दिएका छन् ।

दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

म्याग्दी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगंगा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी–५, ६, ९, १० का विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो । दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदीप रेग्मीले जानकारी दिए । दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।      दुवै योजनाको सर्वेको काम सकेर लागत लागत अनुमान तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त आयोजनामा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकारले र उपभोक्ताले १० प्रतिशत रकम लगानी बराबरको जनश्रमदान गर्नुपर्नेछ ।  रासस

सिमल्टार खानेपानी आयोजना सम्पन्न, २२५ घरधुरी लाभान्वित हुने

तनहुँ, १२ पुस ।  बन्दिपुर–२ सिमल्टारमा लिफ्टेड खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । २०७५ सालमा शिलान्यास भएको १ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त आयोजना ४ वर्षपछि सम्पन्न भएको हो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं नेविसंघका नेता रोजन बानियाँले सुरु गरेको ४ वर्षमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको जानकारी […]

दशकमा पनि बनेन काभ्रे खानेपानी आयोजना

बनेपा, पनौती र धुलिखेलका नागरिकलाई अविछिन्न शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्य र मुहानबाट दैनिक प्रतिसेकेण्ड ७७.७३ लिटर पानी प्राप्त गर्ने लक्ष्य बोकेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोेजना ११ वर्षसम्म अधुरै छ । दुई वर्षमा सकिनुपर्ने आयोजना ११ वर्ष बित्दा पनि अधुरै छ । आयोजनाको तीन प्रतिशत बाँकी कम कहिल्यै पूरा नहुँदा अधुरै रहेको […]

बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको […]

पाँच वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

पाँच वर्षमा पनि खानेपानी आयोजना पूरा नहुँदा भानु नगरपलिका १३ र व्यास नगरपालिका ९ का स्थानीयले सास्ती खेप्दै