चर्च ब्वाइजलाई अपि पावरको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडलाई अपि पावर कम्पनि लिमिटेडले प्रायोजन गरेको छ । मंगलबार एक कार्यक्रममाझ अपि र चर्च ब्वाइजले सम्झौतामा हस्ताक्षर गरे । चर्च ब्वाइजका लागि अध्यक्ष टंकलाल राई र प्रबन्ध निर्देशक संजिव न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले मुख्य प्रायोजकको […] The post चर्च ब्वाइजलाई अपि पावरको प्रायोजन first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

२७.३४ प्रतिशतले बढ्यो अपि पावरको नाफा

चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा अपि पावर कम्पनीले सात करोड ९४ लाख ५३ हजार नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले...

अपि पावर र उपकार लघुवित्तको कतिमा भयो शेयरमूल्य समायोजन ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले दुबै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।  यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गरेकाले फागुन ३ गतेसम्म कायम अन्तिम शेयरमूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । उपकार लघुवित्तको बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ७३७ को आधारमा प्रस्तावित ६१ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. २ हजार ३१० दशमलव ३६ तोकेको हो ।  त्यस्तै अपि पावरको बुधवार कायम अन्तिम शेयरमूल्य रू. २८६ को आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ७ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २६६ दशमलव शून्य ५ तोकेको छ । दुबै कम्पनीका फागुन ३ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  अपि पावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनको लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १४ गते साधारण सभा बोलाएको छ ।  त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १८ गते साधारण सभा बोलाएको छ ।

विद्युतसँगै व्यावसायिक कृषिमा पनि प्रवेश गर्‍यो अपि पावर

काठमाडौं । विद्युत् उत्पादनमा सक्रिय रहेको अपि पावर कम्पनी व्यावसायिक कृषिमा समेत प्रवेश गरेको छ । अपि ‘लटिनाथ कृषि कम्पनी’ नामको फर्म खोलेर व्यावसायिक कृषिमा प्रवेश गरेको हो ।  अपिले २ महीनाअघि १० करोड पूँजीको उक्त कम्पनी स्थापना गरेको बताएको छ । सोही कम्पनीमार्फत आफ्नो लगानीका विद्युत् आयोजना परिसरमा कृषि व्यवसाय शुरू गरिसकेको अपिले बताएको छ ।  जलविद्युत् र सोलार आयोजनाका लागि लिएको जग्गामा बाख्रापालन, तरकारी र कफीखेती, बेर्ना उत्पादन तथा फलफूलको नर्सरी बनाउने गरी नयाँ कम्पनी स्थापना गरिएको हो । तीमध्ये अधिकांश व्यवसाय शुरु भइसकेको छ । निकट भविष्यमा माछापालन, जडीबुटी उत्पादन जस्ता व्यवसाय समेत थप गर्ने कम्पनीको उद्देश्य छ । विद्युत् आयोजना र कृषि व्यवसायलाई एकअर्काको परिपूरकको रूपमा विकास गर्ने लक्ष्य लिएको अपि पावरका संस्थापक अध्यक्ष गुरूप्रसाद न्यौपानेले बताए । उनका अनुसार जलविद्युत् र सोलार आयोजना परिसरका जग्गा प्रयोगविहीन छन् । आयोजना निर्माणका क्रममा बनाइने सडक, भवन लगायत पूर्वाधार आयोजना बनिसकेपछि प्रयोग नभएको अवस्था छ । यस्तो जग्गामा कृषि व्यवसाय गर्न थालेको संस्थापक अध्यक्ष न्यौपानेले बताए ।  ‘अर्बौं खर्च गरेर जलविद्युत् आयोजना निर्माण गरिन्छ । तर, निर्माण सम्पन्न भएपछि प्रसारण लाइन अन्तर्गतका जग्गा, आयोजना प्रभावित जग्गा, सामान स्टोर गर्न बनाइएका भवन, सडक, पावरहाउस परिसरका जग्गा प्रयोगविहीन हुन्छन्,’ उनले भने, ‘त्यसमाथि कर्मचारी पनि यत्तिकै बस्नुपर्ने अवस्था हुन्छ । ती चिजलाई सदुपयोग गर्ने गरी हामीले कृषिलाई परिपूरक व्यवसायको रूपमा अगाडि बढाएका हौं ।’   कृषि व्यवसाय र विद्युत् आयोजनाबीच अप्रत्यक्षमा रूपमा घनिष्ट सम्बन्ध हुने उनको भनाइ छ । सोहीअनुसार अपिले विद्युत् उत्पादनसँगै कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाएको न्यौपानेले बताए । अपिले आफ्नो पनि शेयर भएको पाँचथरस्थित काबेली बी १ जलविद्युत् आयोजनामा बाख्रापालन शुरू गरेको छ । त्यहाँ २ सय बाख्रा पाल्न थालिएको छ । सोही आयोजना परिसरमा कफी खेती समेत शुरू गरिएको कम्पनीको भनाइ छ । इनुवाखोला जलविद्युत् आयोजना परिसरमा पनि कफी खेती शुरु गरिसकेको छ । चन्द्रनिगाहपुरस्थित अपि पावरको सोलार प्लान्टमा पनि सय–सय क्षमताको बाख्रा फार्म बनाइएको छ, त्यहाँ पनि क्षमता अनुसार बाख्रापालन गर्न शुरु गरिएको संस्थापक अध्यक्ष न्यौपानेले बताए । ‘यसरी हामीले विद्युत् उत्पादनसँगै कृषिलाई परिपूरक व्यवसायको रूपमा अगाडि बढाइसकेका छौं । भविष्यमा अन्य आयोजनामा पनि कृषि व्यवसाय शुरू गर्नेछौं । यसको लागि योजनाबद्ध रूपमै काम गरेका छौं,’ उनले भने, ‘यो वर्ष ५० हजार कफीका बेर्ना रोप्ने योजना छ । सुदूरपश्चिममा बन्दै गरेको र बनिसकेको कम्पनीको आयोजना (अपर चमेलिया, नौगढ गाड र अपर नौगढ गाढ) परिसरमा भने जडीबुटी उत्पादनको काम गर्ने योजना छ ।’  निकट भविष्यमा कफी निर्यात गर्ने उद्देश्यसहित काम गरिएको उनको भनाइ छ । भविष्यमा थप जग्गा भाडामा ल्याएर पनि कृषि व्यवसाय गरिने उनले बताए ।  हाल कम्पनीले ८ मेगावाटको नौगढ गाड जलविद्युत् आयोजना, साढे ८ मेगावाटको अपर नौगढ गाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । साथै, ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना पनि कम्पनीले निर्माण गरिरहेको छ । यसका अलावा कम्पनीले चन्द्रानिगाहपुर लगायत तराई क्षेत्रमा ३ ओटा सोलार प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले तत्काल थप विद्युत् आयोजना बनाउने योजना बनाएको छैन । अब कृषिलाई नै प्राथमिकताका साथ अगाडि बढाइने न्यौपानेको भनाइ छ ।  ‘जलविद्युत् आयोजना निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ । त्यसपछि कम्पनीको आम्दानीको स्रोत नै हुँदैन,’ उनले भने, ‘हामीले अहिलेदेखि नै कृषि व्यवसाय गर्न शुरु गरेमा आयोजना हस्तान्तरण भएपछि पनि कम्पनीको आम्दानी भइरहन्छ । किनकि, कृषि व्यवसाय सरकारलाई हस्तान्तरण गर्न पर्दैन । यसरी कम्पनीलाई दीर्घकालीन रूपमा विकास गर्ने लक्ष्यसहित कृषि व्यवसाय अगाडि बढाएका हौं ।’ हालसम्म अन्य कम्पनीले जलविद्युत् आयोजना परिसरमै कृषि व्यवसाय गर्न शुरु गरेको पाइँदैन । यसलाई विद्युत् क्षेत्रकै नयाँ आयामको रूपमा लिनुपर्ने जानकार बताउँछन् ।  न्यौपानेले चैत २५ गतेदेखि विक्रीमा आउन लागेको कम्पनीको हकप्रद शेयरमा ढुक्क भएर लगानी गर्न पनि लगानीकर्तालाई आग्रह पनि गरे । कम्पनीले चैत २५ गतेदेखि १ः३९ (१०० कित्ता बराबर ३९ कित्ता) को अनुपातमा हकप्रद जारी गर्दैछ । त्यसमा लगानी गर्दा उचित प्रतिफल पाइने उनको भनाइ छ ।  ‘हकप्रद विक्रीपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ८४ करोड पुग्छ । कम्पनीको सबै आयोजना सञ्चालनमा आएपछि वार्षिक आम्दानी २ अर्ब १० करोड रूपैयाँ पुग्छ,’ उनले भने, ‘जुन चुक्तापूँजीको ५४ प्रतिशतभन्दा बढी हो । त्यसमा खर्चहरू कटाउँदा ४० प्रतिशतभन्दा बढी खुद नाफा कमाउँछौं । त्यो अवस्थामा लाभांश पनि राम्रो नै दिइन्छ । तसर्थ, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।’

हकप्रद निष्कासनका लागि बुक क्लोजसँगै अपि पावरको शेयरमूल्य समायोजन

काठमाडौं, १४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (सोमवार) बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयरको समायोजन गरी मूल्य रू. ३६३.२७ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा […]

बुधवारको बजारमा सबैभन्दा बढी जलविद्युत् समूहको कारोबार : अपि पावर अग्रस्थानमा

पुस २१, काठमाडौं । निरन्तर चार दिन बढेको बजार बुधवार १ दशमलव १५ प्रतिशतले घट्दा रू. ४ अर्ब ६२ करोड १५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।  कुल कारोबारमा यसदिन जलविद्युत् कम्पनीहरुको सर्वाधिक हिस्सा रहेको छ । यस दिन जलविद्युत् कम्पनीहरुको रू. १ अर्ब ३० करोड ८७ लाख १८ हजार बराबरको ३० लाख १४ हजार ७४० कित्ता शेयर खरीदविक्री भएको छ ।  जलविद्युत् कम्पनीहरुमध्ये पनि यो दिन अपि पावर कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । अपि पावरको रू. १६ करोड ७४ लाख ८ हजार बराबरको ३ लाख ५० हजार ४६३ कित्ता शेयर कारोबार भएको हो । कम पूँजी भएका जलविद्युत कम्पनीहरुको शेयरप्रति पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । सूचीकृत कम्पनीहरु मध्य बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुको नीतिगत व्यवस्थाहरु परिमार्जन भइरहने हुँदा बजारमूल्यमा पनि समय समयमा प्रभावित भइरहेको देखिएको छ ।  जलविद्युत् कम्पनीको लागि भने पछिल्लो समय विद्युत् नियमन आयोगले नीतिगत व्यवस्था गर्दै आएको छ । त्यस अघि नियामक निकाय नहुँदा टुहुरो जस्तो बनेको जलविद्युत् कम्पनीहरुका लागि पछिल्लो समय विद्युत् नियमन आयोगले केही नयाँ व्यवस्थाहरु लागू गरेको छ ।  जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था नियमन आयोगले लागू गरेको हो ।  सो व्यवस्था अनुसारनै कतिपय जलविद्युत् कम्पनीहरुले हकप्रद शेयर निष्कासनमा जोड दिएका छन् । लगानीकर्ताहरु पनि जलविद्युत् कम्पनीहरुको हकप्रद शेयरलाईनै प्राथमिकतामा राखेर शेयर खरीद गरेको जानकारी दिन्छन् ।  हाल धितोपत्र दोस्रो बजारमा ४४ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत रहेका छन् । जलविद्युत् समूहपछि यस दिन वाणिज्य बैंक समूहहरुको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । वाणिज्य समूहको भने यस दिन रू. ७८ करोड ३३ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।

अपि पावरको १८औं साधारण सभा सम्पन्न

काठमाडौं, २७ भदौ । अपि पावर कम्पनी लिमिटेडको १८औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले भदौ २५ गते भर्चुअल माध्यमबाट लाभांश तथा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ […]

अपि पावर कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन

भदौ १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार अपि पावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनीको १० दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५२९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।  त्यस्तै, ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर समायोजनपछि शेयरमूल्य रू. ८०७ तोकेको छ । कम्पनीको बिहीवार रू. ९६९ मा अन्तिम कारोबार भएको थियो । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  अपि पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर, काठमाडौंमा साधारण सभा बोलाएको हो ।

अपि पावरको हकप्रद शेयर पुनः आजदेखि लिलामीमा

काठमाडौं, १३ साउन । अपि पावर कम्पनीले अवितरित हकप्रद शेयर फेरी आजदेखि लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हो । कम्पनीको शेयर खरिद साउन २० गतेसम्म गर्न सकिनेछ । शेयर बिक्रि […]

अपि पावरको हकप्रद आजदेखि

काठमाडौं। अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ। कम्पनीले एक कित्ता बराबर ०.२९३८ प्रतिशत हकप्रद सेयर बिक्री खुलाएको हो। कम्पनीले एक सय अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छ।

आज यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो । नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार […]