विद्युतसँगै व्यावसायिक कृषिमा पनि प्रवेश गर्‍यो अपि पावर

काठमाडौं । विद्युत् उत्पादनमा सक्रिय रहेको अपि पावर कम्पनी व्यावसायिक कृषिमा समेत प्रवेश गरेको छ । अपि ‘लटिनाथ कृषि कम्पनी’ नामको फर्म खोलेर व्यावसायिक कृषिमा प्रवेश गरेको हो ।  अपिले २ महीनाअघि १० करोड पूँजीको उक्त कम्पनी स्थापना गरेको बताएको छ । सोही कम्पनीमार्फत आफ्नो लगानीका विद्युत् आयोजना परिसरमा कृषि व्यवसाय शुरू गरिसकेको अपिले बताएको छ ।  जलविद्युत् र सोलार आयोजनाका लागि लिएको जग्गामा बाख्रापालन, तरकारी र कफीखेती, बेर्ना उत्पादन तथा फलफूलको नर्सरी बनाउने गरी नयाँ कम्पनी स्थापना गरिएको हो । तीमध्ये अधिकांश व्यवसाय शुरु भइसकेको छ । निकट भविष्यमा माछापालन, जडीबुटी उत्पादन जस्ता व्यवसाय समेत थप गर्ने कम्पनीको उद्देश्य छ । विद्युत् आयोजना र कृषि व्यवसायलाई एकअर्काको परिपूरकको रूपमा विकास गर्ने लक्ष्य लिएको अपि पावरका संस्थापक अध्यक्ष गुरूप्रसाद न्यौपानेले बताए । उनका अनुसार जलविद्युत् र सोलार आयोजना परिसरका जग्गा प्रयोगविहीन छन् । आयोजना निर्माणका क्रममा बनाइने सडक, भवन लगायत पूर्वाधार आयोजना बनिसकेपछि प्रयोग नभएको अवस्था छ । यस्तो जग्गामा कृषि व्यवसाय गर्न थालेको संस्थापक अध्यक्ष न्यौपानेले बताए ।  ‘अर्बौं खर्च गरेर जलविद्युत् आयोजना निर्माण गरिन्छ । तर, निर्माण सम्पन्न भएपछि प्रसारण लाइन अन्तर्गतका जग्गा, आयोजना प्रभावित जग्गा, सामान स्टोर गर्न बनाइएका भवन, सडक, पावरहाउस परिसरका जग्गा प्रयोगविहीन हुन्छन्,’ उनले भने, ‘त्यसमाथि कर्मचारी पनि यत्तिकै बस्नुपर्ने अवस्था हुन्छ । ती चिजलाई सदुपयोग गर्ने गरी हामीले कृषिलाई परिपूरक व्यवसायको रूपमा अगाडि बढाएका हौं ।’   कृषि व्यवसाय र विद्युत् आयोजनाबीच अप्रत्यक्षमा रूपमा घनिष्ट सम्बन्ध हुने उनको भनाइ छ । सोहीअनुसार अपिले विद्युत् उत्पादनसँगै कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाएको न्यौपानेले बताए । अपिले आफ्नो पनि शेयर भएको पाँचथरस्थित काबेली बी १ जलविद्युत् आयोजनामा बाख्रापालन शुरू गरेको छ । त्यहाँ २ सय बाख्रा पाल्न थालिएको छ । सोही आयोजना परिसरमा कफी खेती समेत शुरू गरिएको कम्पनीको भनाइ छ । इनुवाखोला जलविद्युत् आयोजना परिसरमा पनि कफी खेती शुरु गरिसकेको छ । चन्द्रनिगाहपुरस्थित अपि पावरको सोलार प्लान्टमा पनि सय–सय क्षमताको बाख्रा फार्म बनाइएको छ, त्यहाँ पनि क्षमता अनुसार बाख्रापालन गर्न शुरु गरिएको संस्थापक अध्यक्ष न्यौपानेले बताए । ‘यसरी हामीले विद्युत् उत्पादनसँगै कृषिलाई परिपूरक व्यवसायको रूपमा अगाडि बढाइसकेका छौं । भविष्यमा अन्य आयोजनामा पनि कृषि व्यवसाय शुरू गर्नेछौं । यसको लागि योजनाबद्ध रूपमै काम गरेका छौं,’ उनले भने, ‘यो वर्ष ५० हजार कफीका बेर्ना रोप्ने योजना छ । सुदूरपश्चिममा बन्दै गरेको र बनिसकेको कम्पनीको आयोजना (अपर चमेलिया, नौगढ गाड र अपर नौगढ गाढ) परिसरमा भने जडीबुटी उत्पादनको काम गर्ने योजना छ ।’  निकट भविष्यमा कफी निर्यात गर्ने उद्देश्यसहित काम गरिएको उनको भनाइ छ । भविष्यमा थप जग्गा भाडामा ल्याएर पनि कृषि व्यवसाय गरिने उनले बताए ।  हाल कम्पनीले ८ मेगावाटको नौगढ गाड जलविद्युत् आयोजना, साढे ८ मेगावाटको अपर नौगढ गाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । साथै, ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना पनि कम्पनीले निर्माण गरिरहेको छ । यसका अलावा कम्पनीले चन्द्रानिगाहपुर लगायत तराई क्षेत्रमा ३ ओटा सोलार प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले तत्काल थप विद्युत् आयोजना बनाउने योजना बनाएको छैन । अब कृषिलाई नै प्राथमिकताका साथ अगाडि बढाइने न्यौपानेको भनाइ छ ।  ‘जलविद्युत् आयोजना निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ । त्यसपछि कम्पनीको आम्दानीको स्रोत नै हुँदैन,’ उनले भने, ‘हामीले अहिलेदेखि नै कृषि व्यवसाय गर्न शुरु गरेमा आयोजना हस्तान्तरण भएपछि पनि कम्पनीको आम्दानी भइरहन्छ । किनकि, कृषि व्यवसाय सरकारलाई हस्तान्तरण गर्न पर्दैन । यसरी कम्पनीलाई दीर्घकालीन रूपमा विकास गर्ने लक्ष्यसहित कृषि व्यवसाय अगाडि बढाएका हौं ।’ हालसम्म अन्य कम्पनीले जलविद्युत् आयोजना परिसरमै कृषि व्यवसाय गर्न शुरु गरेको पाइँदैन । यसलाई विद्युत् क्षेत्रकै नयाँ आयामको रूपमा लिनुपर्ने जानकार बताउँछन् ।  न्यौपानेले चैत २५ गतेदेखि विक्रीमा आउन लागेको कम्पनीको हकप्रद शेयरमा ढुक्क भएर लगानी गर्न पनि लगानीकर्तालाई आग्रह पनि गरे । कम्पनीले चैत २५ गतेदेखि १ः३९ (१०० कित्ता बराबर ३९ कित्ता) को अनुपातमा हकप्रद जारी गर्दैछ । त्यसमा लगानी गर्दा उचित प्रतिफल पाइने उनको भनाइ छ ।  ‘हकप्रद विक्रीपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ८४ करोड पुग्छ । कम्पनीको सबै आयोजना सञ्चालनमा आएपछि वार्षिक आम्दानी २ अर्ब १० करोड रूपैयाँ पुग्छ,’ उनले भने, ‘जुन चुक्तापूँजीको ५४ प्रतिशतभन्दा बढी हो । त्यसमा खर्चहरू कटाउँदा ४० प्रतिशतभन्दा बढी खुद नाफा कमाउँछौं । त्यो अवस्थामा लाभांश पनि राम्रो नै दिइन्छ । तसर्थ, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।’

सम्बन्धित सामग्री

अपि पावर कम्पनीले ७.५ प्रतिशत बोनस सेयर दिने

२२ पुस, काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीलाई साढे ७ प्रतिशत बोनस सेयर दिने भएको छ । २१ पुस बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३९४७ […]

अपि पावर कम्पनीले फेरि एक अर्ब माथिको हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले पुनः तेस्रो पटक हकप्रद (राइट) सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी चैत २५ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि एक अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।यसअघि कम्पनीले २०७६ फागुन १२ गते र २०७८ बैशाख १९ गते समान ५६ करोड ७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पछिल्लो पटक पहिचान पश्चात निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पुँजी जुटाउन धितोपत्र बोर्ड मार्फत अधिकतम २ अर्ब २२ करोड रुपै

अपि पावर कम्पनीले हकप्रद ल्याउँदै, बुक क्लोज कहिले ?

काठमाडौं, ५ चैत । अपि पावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तह गरेको छ । कम्पनीको आज चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर खुल्ला गर्ने अनुमति पाएसँगै बुकक्लोज मिति तोकेको हो । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब […]

हकप्रद बिक्री गर्न अपि पावर कम्पनीले पायो अनुमति

काठमाडौं, २७ फागुन । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले […]

अपि पावर र जानकी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज १३, काठमाडौं । जानकी फाइनान्स र अपि पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  बुधवार बजार खुलेको सवा तीन घण्टाको अवधिमा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५८३ र अपि पावर कम्पनीको शेयरमूल्य रू. ४५९ दशमलव ८० मा कारोबार भइरहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

अपि पावर कम्पनीको आज हकप्रदका लागि बोलपत्र खोलिदै

काठमाडौं, २४ साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, हात्तिसार मार्ग, कमलादीमा आज खोलिने जनाइएको छ । जेठ २० गते देखि साउन १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर […]

अपि पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको […]

अपि पावर कम्पनीको हकप्रद शेयर लिलामी हुँदै

काठमाडौं। अपि पावर कम्पनीले दुई लाख १५ हजार ५९९ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ५४ लाख ५४ हजार ४०१ कित्ता मात्रै बिक्री भएको थियो। त्यसबाट बाँकी रहेको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी हुने भएको हो। लिलामी मिति भने तय भएको छैन।