जाजरकोट : सरकारले निषेधाज्ञा अवधिभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लाग्न थालेको छ । कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गरेको छ । सहुलियतको चामल लिन सदरमुकाम खलंगासहितका गाउँबाट शुक्रबारसम्म ६०० जनाभन्दा बढी आएको कम्पनीले जनाएको छ । शुक्रबार मात्र खलंगास्थित खाद्य गोदामबाट ७०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको शाखा प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए।सरकारले छुटको चामल दिएपछि ज्याला मजदुर