असमको हाइवे ४७ मा मिनीबसको गति पनि चर्कै छ। शायद ड्राइभरले कुर्नुपरेको समय पनि व्यवस्थापन गर्न खोजिरहेको हुन सक्छ। हाम्रो कुनै गुनासो छैन। यात्रा भनेको यस्तै हो।...
एक हप्ताअघि बर्दियाकी २१ वर्षिया युवती घरबाट गुलरिया जान्छु भन्दै हिडिन् । नाकामा केरकार गर्दा उनलाई प्रेमीले हैदरावादमा काम लगाइदिन्छु भनेर बोलाएका रहेछन् । चिनजानका आधारमा प्रेमीको कुरा मानेर उनी एक्लै नेपालगंन्ज आइन् । उनलाइ श्रीपशुपति दर्शन ट्रल्स ट्राभलर्सले टिकट काटिदियो । टिकट बोकेर भारत जान हिँडेकी उनको नाकाबाट उद्धार भयो ।
काठमाडौँ–मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन्। त्यस्तै मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने छन् बिहिबार मनकामना दर्शन प्राली र मेरिना इम्पेक्स बीच भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा केवलकारका ग्राहकले जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने भएका हुन् । सम्झौता अनुसार मेरिना […]
असमको हाइवे ४७ मा मिनीबसको गति पनि चर्कै छ। शायद ड्राइभरले कुर्नुपरेको समय पनि व्यवस्थापन गर्न खोजिरहेको हुन सक्छ। हाम्रो कुनै गुनासो छैन। यात्रा भनेको यस्तै हो।...
चितवन । गैंडाकोटमा रहेको मौलाकाली केबलकार खुलेको पहिलो एक महीनामै २५ हजारले यात्रा गरेका छन् । बैशाख महीनामा मौलाकाली केबलकार मार्फत २५ हजार भक्तजनहरुले मौलाकाली मन्दिरको दर्शन गरेका छन् ।
मौलाकाली केबलकार प्रालिका प्रबन्धक सुरज पौडेलका अनुसार दैनिकजसो ८०० हाराहारी मानिसले केबलकारको यात्रा गरेको जानकारी दिए ।
नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सेवा शुरु गरिएको मौलाकाली केबलकारमा दैनिक जस्तो दर्शनार्थीहरुको उपस्थिति बढ्दो क्रममा रहेको उनले बताए ।
दैनिक जसो केबलकार चढेर मौलाकाली दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ । ‘केबलकारमा चढेर दर्शन गर्नेको आकर्षण बढेको पाएका छौं उनले भने, शनिवार र अन्य बिदाका दिनहरुमा झनै प्याक हुन्छ ।’ मौलकालीको दर्शन गर्न पूर्वमा धरान पश्चिममा बुटवल दाङ,पोखरा र काठमाडौंबाट समेत दर्शनार्थी आउने गरेको उनले जानकारी दिए ।
बिहान ६ वजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ बजेसम्म सेवा दिदै आएको छ । बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
यो केबलकार १ हजार २०० मिटर लम्बाइको छ । यहाँ कुल १४ ओटा डब्बा छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ । हाल यसको दुईतर्फी भाडा ५५० रुपैयाँ कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर तोकेको छ ।
मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बालबालिकाहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आइएमई पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत पनि टिकट प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं, वैशाख २१ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी काठमाडौंका लागि हिँडेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्। हतार–हतारमा कार्यक्रम सकाएर सभामुख देवराज घिमिरेसँगै सन्धिखर्क झरेका टोपबहादुर सुपदेउराली मन्दिर दर्शन गर्ने समयमा समेत सभामुख सँगै थिए । सभामुख घिमिरे सँगै बुधबार भैरहवा […]
काठमाडौं, भदौ १२ । कोषले यसवर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गर्ने भएको छ। तिजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफल कार्यक्रममा कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने […]
सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा सपिङ गर्ने पाँच जना भाग्यमानी ग्राहकले हेलिकप्टरमार्फत गोसाईंकुण्ड दर्शन गर्ने अवसर प्राप्त गरेका छन् । जिना घिमिरे, स्वर्णम जोशी, शैलेस सुवेदी, स्मिता पाण्डे र दिल सिंजापतीले टिकट जितेका हुन् । जिना घिमिरेले बत्तीस पुतली ब्रान्चबाट, स्वर्णम जोशीले लोकन्थली शोरुमबाट, शैलेस सुवेदीले मूलपानी स्टोरबाट, स्मिता पाण्डेले मध्येबानेश्वर स्टोर्सबाट र दिल सिंजापतीले बसुन्धरा स्टोरबाट सपिङ गरेका थिए । सेल्सबेरीको केन्द्रीय कार्यालय सातदोबाटो उपस्थित भइ एक साता
स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ । अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने
नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीद बिक्री सम्झौता भएको छ । सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा वस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिदै टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले […]
पोखरा : पोखरा आइपुग्नेहरू फेवाताल अनि तालबाराही नपुग्ने कमै हुन्छन्। तालबाराही मन्दिर दर्शन गर्न जानेहरू तालको आडैमा रहेको टिकट काउण्टरमा टिकट काट्छन्, लाइफ ज्याकेट लिन्छन्। त्यही टिकट काट्ने ठाउँभन्दा करिब १० मिटर वर चौतारीमुनि एउटा युवक छाता ओडेर घुत्रुक्क परेर सधैँ बसिरहेका छन्।
मन्दिर दर्शन गर्न जानेहरू उनलाई ...