प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो ।सहायक निर्वाचन अधिकृत ९उपसचिव० मुना अधिकारी ढकालका अनुसार निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृत एवं अन्य सहायक कर्मचारीको नियुक्ति तथा केन्द्र तोक्ने कामसमेत सम्पन्न भइसकेको छ । पारदर्शी नीति अवलम्बन गर्दै