काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा आगामी फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । गत कात्तिक २४ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता सरोज यादवले २२ दिनमै राजीनामा दिएपछि सात दलले शुक्रबार नयाँ सरकारमा दाबी पेश गरेका हुन् । जनकपुरधामस्थित प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष यादवले सात दलकोतर्फबाट बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश […]