कोभिड १९ को महामारिले आक्रान्त बनेको समयमा समेत नेपालमा होटल खुल्ने संख्या झन् बृद्धि भएको छ । पर्यटन विभागको तथ्याङक अनुसार लकडाउनको समयमा तारे होटल १० वटा थप भएको जनाएको छ ।
यस वर्ष थप भएका होटल मध्ये पाँचतारे डिलक्समा झापाको मेचीक्राउन, चार तारेमा होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र नान्स होटल सिदर्थनगर रुपन्देही रहेका छन् । यता नयाँ खुलेका दुई तारे होटलमा होटल लोटस जेम्स गोकर्णेश्वर र होटल भादगाउँ भक्तपुर रहेको विभागले जनाएको छ । गतवर्ष पाँचतारे होटलमा मेरियट र अलफ्ट थप भएका थिए ।
होटलसँगै तीन वटा रिसोर्ट समेत नयाँ लगानीमा खुलेको छ । यसमा तीनतारे स्तरको साधारण रिसोर्ट ट्रायम्फ आर्गानिक रिसोर्ट धादिङ, चार तारे स्तरको (डिलक्स) आगन्तुक रिसोर्ट वनेपा र पाँच तारेस्तरको (लक्जरी)चन्द्रगिरी हिल्स रहेका छन् । कोभिड महामारीले पर्यटन व्यवसायमा नराम्रो असर पु¥याए पनि होटल क्षेत्रमा लगानीभने झन् बढ्दै गएको पर्यटन विभाग होटल शाखाका निर्देशक मनबहादुर जिसीले बताउनुभयो । सुविधा सम्पन्न होटलमा लगानी बड्नु आगामी दिनमा पर्यटकका लागि उपयुक्त आधार समेत बनेको उहाँको भनाई छ ।