काँग्रेसले गर्‍यो १५ विभाग प्रमुख चयन

नेपाली काँग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ । काँग्रेस केन्द्रीय कार्यालयले शुक्रवार सूचना जारी गर्दै १५ जना नेताहरूलाई विभागको प्रमुखमा मनोनयन गरेको जानकारी दिएको छ । मनोनयन हुनेहरूमा आङगेलु शेर्पालाई पर्यटन विभाग, पुष्पा भुसाललाई महिला विभाग र योगेन्द्र चौधरीलाई थारु विभागको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित सामग्री

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध चयन

जसपा संसदीय दलको नेतामा  रामसायप्रसाद यादव चयन भएका छन् । उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो । जसपामा यादवसहित संघीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि दाबी गर्दै आएका थिए ।

जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ, त्यसैका लागि विधानतः यो समिति गठन गरेको हो ।उनले भने, ‘सम्भवतः सहमतिमा नै नेता चयन हुनेछ तर विधानअनुसार प्रक्रिया पुरा गर्नका लागि यो समिति गठन गरिएको हो ।’ जसपा नेपालसँग सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२

वाइसिएल राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन हुँदै

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)को दोस्रो भेलाबाट नयाँ नेतृत्व चयन हुने भएको छ । आगामी भदौ ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने भएको हो । वाइसिएल संयोजक सुमन देवकोटाको उम्मेरहद ४० वर्ष नाघेपछि अध्यक्षसहित नयाँ पदाधिकारी चयन गरिने प्रचार प्रसार विभाग प्रमुख पुष्प ओलीले बताए । ‘यसअघि अधिवेशनबाट संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध श्रीपाली मात्रै चयन हुनुभयो । अरु २३१ केन्द्रीय सदस्य मात्रै बनाइयो ’ ओलीले भने,&lsquo

राप्रपा नेपालको २९ विभागमा नेतृत्व चयन

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन गरेको छ। अध्यक्ष  थापाले सोमबार पार्टीका २९ विभाग प्रमुख तथा सचिव मनोनयन गरेका हुन्।अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व भने थापा आफैँले राखेका छन्। त्यस्तै अनुशासन विभागको अध्यक्षमा राजीव पराजुली चयन भएका छन्।

नेपाली काँग्रेस नवलपुरले छान्यो जिल्ला सदस्य र विभाग प्रमुख

नेपाली काँग्रेस नवलपुर कार्यसमितिले जिल्ला सदस्य र विभाग प्रमुख चयन गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले ५ सदस्य र ५ आमन्त्रित सदस्य मनोनित गरेको हो ।  जिल्ला कार्यसमिति सदस्यमा  दुर्गा कोइराला, कपिलदेव भुसाल, कमल राज गिरौ, प्रेमबहादुर कार्की, रंगुप्रसाद उपाध्याय मनोनित भएका हुन् ।सभापति महेन्द्रध्वज जिसीले शोभाखर रिमाल, कुलबहादुर गुरुङ, कृष्ण चौधरी, गणेश अधिकारी र रामप्रसाद चौधरीलाई आमन्त्रित सदस्यमा मनोनित गरेका छन् । संगठन विभागमा प्रमुखमा  कपिलदेव भुसाल, विकास विभाग

तेह्रथुमका ६ वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमाले तेह्रथुमले नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन  सम्पन्न गरेको छ । म्याङलुङ नगरपालिकामा गोविन्दबहादुर सोदेम्बा, फेदाप गाउँपालिकामा राम तिम्सिना, आठराईमा प्रेमराज पौडेल, मेन्छ्यायेम यादबबहादुर खापुङ, लालीगुराँस नगरपालिकामा गणेश सेने र छथर गाउँपालिकामा धर्मराज खुलाल चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।९ कात्तिकमा देशैभर पालिका अधिवेशन तोकिए पनि बाढीपहिरोका कारण तोकिएको समयमा तेह्रथुममा पालिका अधिवेशन हुन सकेको थिएन । करिब दुई सातापछि वडा

महाधिवेशनले पार्टी अध्यक्षमा केपी ओलीलाई नै सर्वसम्मत चयन गर्नेछ - सचिव भट्टराई

काठमाण्डाै – नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताउनुभएको छ । सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताउनुभएको हो ।आज शुक्रवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विगतका आठौँ र नवौँ महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौँ महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढङ्गले चयन गर्नुपर्नेमा आफूहरूकाे ...

एमाले दसौं महाधिवेशन: ८५ प्रतिशत प्रतिनिधि सर्वसम्मत चयन

चितवनमा मंसिर १०–१२ मा हुने दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।...

विना मगरको छलाङ, माओवादीले बनायो खानेपानी विभाग प्रमुख

काठमाडौं, ४ कात्तिक । पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् । माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ । माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् । विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । प्रत्यक्ष निर्वाचित सांसद समेत […]

एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आज महासचिव चयन गर्ने भएको छ।काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा भएपछि बैठक एक दिन पछि धकेलिएको हो। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहेनन्। बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ।बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर