वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको