यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २७.३६ अंकको गिरावट आएको छ । साताको ६ कारोबार दिनमध्ये २ दिनमात्रै घटेपनि समग्र परिसूचक १ प्रतिशतले खुम्चिएको हो । गत साता १९ सय ३७ अंकमा रोकिएको नेप्से यो साता १९ सय १० अंकमा आएर रोकिएको हो ।आइतबारदेखि नै वृद्धि देखिन थालेको बजारमा अन्तिम २ कारोबार दिनमा भने उच्च गिरावट आएको थियो । तरलता चापमा देखिएको सहजताले आइतबारदेखि नै बजार बढ्न थालेको थियो । तर, वाणिज्य बैंकहरूको ब्याजदर वृद्धि गर्नै निर्णयसँगै बिहीबार र शुक्रबार उच्च गिरावट आएको हो ।यद्यपि, नेप्से पर