नामिबीया र नेदरल्याण्ड्स विश्वकपमा, एशियाली राष्ट्र हङकङ र ओमान तथा यूएई र स्कटल्याण्ड भिड्दै

नेदरल्याण्ड्सले आयोजक यूएईलाई र नामिबीयाले ओमानलाई पराजित गरेर विश्वकपको यात्रा तय गरेको हो । पहिलो क्वालिफाइङमा हार बेहोरेको यूएई र दोस्रो प्ले अफमा हार बेहोरेको ओमानले अर्को अवसर पाएको छ । यूएईले तेस्रो प्ले अफमा स्कटल्याण्ड विरुद्ध र दोस्रो प्ले अफमा हार बेहोरेको ओमानले चौथो प्ले अफमा हङकङ विरुद्ध खेल्नेछ ।

सम्बन्धित सामग्री

श्रीलंकासँग ओमान ९८ रनमै अलआउट

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट छनोटमा अहिले समूह 'बी' का श्रीलंका र ओमान तथा स्कटल्याण्ड र यूएई खेलिरहेका छन् । बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंका विनिन्दु हसरंगाले पाँच, लाहिरु कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए । ओमान यसअघिका दुवै खेल जितेर तालिकाको ...

ओमान र यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । ओमान र यूएई एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेका छन् । मुलपानी मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएई सेमिफाइनल पुगेको हो । भने, त्रिवि क्रिकेट मैदानमा साउदी अरबलाई ७२ रनले पराजित गर्दै ओमानले सेमिफाइनलमा स्थान बनाएको हो ।समूह बी को यूएई समूह चरणका ४ खेलमा ३ जित र १ हारको […]

विश्व कप क्वालिफायर प्लेअफमा आज यूएई र पीएनजी तथा जर्सी र क्यानडा खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।  आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् । विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग 'ए' र 'बी' का विजेता जर्सी र क्यानडा ग...

एसीसी प्रिमियरकपकाे तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा

काठमाण्डाै – एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा परेका छन् । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिता आउँदो वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वैशाख ८ गते ओमानसँग हुने खेललाई आईसीसीले ...

आयरल्यान्ड र यूएई टी–२० विश्व कपमा छनाेट

काठमाण्डाै – आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने भएका छन् । आज मङ्गलवार भएकाे खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । आयरल्यान्डले दिएकाे एक सय ६६ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १८ दशमलव ३ बलमा अलआउट हुँदै एक सय ९ रन मात्र बनाउन सक्याे । यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६५ रन बनाएकाे थियाे ।  यस्तै आज नै भएकाे अर्का...

विश्वकप छनोट : सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै

काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान […]

कस्तो तयारी गर्दैछ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली?

काठमाडौँ – आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगिसकेको छ। ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुनेछ। फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेलअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र […]

चार देशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र यूएई खेल्दै

काठमाण्डाै - चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी&nd...

विश्वकप छनोट : यूएई र ओमान नेपालकै समूहमा

काठमाडौं । नेपाल सन् २०२२ मा हुने आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट खेलमा यूएई र ओमान भएको समूहमा परेको छ । अष्ट्रेलियामा हुने विश्वकपको छनोटका लागि नेपाल रहेको समूह ‘ए’मा यूएई, ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्स पनि छन् । यीमध्ये यूएई र ओमान नेपालका लागि बलिया प्रतिस्पर्धी मानिन्छन् । त्यस्तै,समूह ‘बी’मा...

आईसीसी टी-२० विश्वकप यूएई र ओमानमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आईसीसी पुरुष टी–२० विश्वकप २०२१ यूएई र ओमानमा गर्ने भएको छ।  कोरोना महामारीका कारण प्रतियोगिता भारतमा गर्न नसकिए पनि आयोजक भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई नै रहने आईसीसीले आज सूचना जारी गरेर जनाएको छ।  १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुने प्रतियोगिता दुबई अन्तर्राष्ट्रिय रंगशाला, आबुधाबीको द शेख जायद रंगशाला, सारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमीको मैदानमा हुनेछ।  आईसीसीका निमित्त सीईओ जेफ अलार्डिसले आफूहरूको प्राथमिकता विश्वकप सुरक्षितरूपमा...