काठमाण्डाै – एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा परेका छन् । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिता आउँदो वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वैशाख ८ गते ओमानसँग हुने खेललाई आईसीसीले ...