आयरल्यान्ड र यूएई टी–२० विश्व कपमा छनाेट

काठमाण्डाै – आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने भएका छन् । आज मङ्गलवार भएकाे खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । आयरल्यान्डले दिएकाे एक सय ६६ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १८ दशमलव ३ बलमा अलआउट हुँदै एक सय ९ रन मात्र बनाउन सक्याे । यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६५ रन बनाएकाे थियाे ।  यस्तै आज नै भएकाे अर्का...

सम्बन्धित सामग्री

विश्वकप छनोटमा अपराजित रहने नेपाल एकमात्र टोली

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए मा अपराजित रहने नेपाल एकमात्र टोली हो । सोमबार समूह चरणको अन्तिम खेलमा यूएई बहराइनसँग पराजित भएसँगै नेपाल अपराजित रहँदै सेमिफाइनल खेल्ने एक्लो टोली बनेको हो । नेपाल बाहेक सेमिफाइनल पुगेका अन्य तीन टोली ओमान, आयरल्यान्ड र युएईले १-१ खेलमा हार बेहोरेका छन् । […]

यूएईलाई पराजित गरेर पनि बाहिरियो बहराइन, ‘लक्की’ आयरल्यान्ड

काठमाडौं । यूएई र आयरल्यान्ड ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वकप छनोटको सेमिफाइनल पुगेका छन् । समूह एअन्तर्गतको आफ्नो अन्तिम खेलमा सोमबार बहराइनले यूएईलाई हराएपनि अगाडि बढ्न सकेन । तीन खेलमा दुई जित हात पारेको बहराइन नेट रनरेटमा यूएई र आयरल्यान्डभन्दा पछाडि परेको हो । यूएई र आयरल्यान्डले पनि ३ खेलबाट समान ४ अंक जोडेका […]

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : ओमानसँगको खेलमा नेपाल ब्याटिङमा

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा ओमानसँगको खेलमा नेपालले पहिला ब्याटिङ थालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ थालेको हो । यसअघि ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् ...

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो...

कस्तो तयारी गर्दैछ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली?

काठमाडौँ – आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगिसकेको छ। ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुनेछ। फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेलअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र […]

चारदेशीय टी–२० क्रिकेट श्रृंखलाः युएईले आयरल्याण्डलाई हरायो

काठमाडौँ – चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा संयुक्त अरब इमिरेटस् (यूएई) ले लगातार दोस्रो जित हात पारेको छ। आइतबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले आयरल्यान्डलाई १३ रनले पराजित गरेको हो। १७८ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रनमा समेटियो। आयरल्यान्डका कप्तान एन्डे बालबेर्नीले ४२, गारेथ डानिले र कर्टिस जाम्परले […]

चार देशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र यूएई खेल्दै

काठमाण्डाै - चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी&nd...

चार देशीय टी–२० शृङ्खलाकाे प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट

काठमाण्डाै – नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच पर्सि शुक्रवार फेब्रुअरी ११ तारिखदेखि हुने चार देशीय टी–२० शृङ्खलाकाे प्रत्यक्ष प्रसारण हिमालय टीभीले गर्ने भएको छ । प्रत्यक्ष प्रसारणको अधिकार किनेको एड प्याड नेपालले नेपालमा हिमालय टेलिभिजन, युट्युबमा ओएसआर स्पोर्ट्स र दराज एपमार्फत हुने जनाएको छ । शृङ्खलाको पहिलो खेल पर्सि ११ तारिखमा नेपाल र ओमानबीच हुनेछ । यस्तै १२ तारिखमा यूएई र १४ तारिखमा नेपालले आयरल्यान्डसँग खेल्दैछ । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेक...

विश्वकप छनोटअघि नेपालले चार देश सम्मिलित शृंखला खेल्ने

काठमाडौं । नेपालले ओमानमा हुने आईसिसी टी-२० विश्वकप क्रिकेटको विश्वस्तरको छनोटको पूर्व सन्ध्यामा चार देश सम्मिलित शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमानमै हुने उक्त टी-२० अन्तरर्राष्ट्रिय शृंखलामा घरेलु टोली, यूएई र आयरल्यान्ड पनि हुने छन् । नेपालले फेब्रुअरी ११ मा ओमान, फेब्रुअरी १२ तारिखमा यूएई र फेब्रुअरी १४ मा आयरल्यान्डसँग […]

विश्वकप छनोट : यूएई र ओमान नेपालकै समूहमा

काठमाडौं । नेपाल सन् २०२२ मा हुने आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट खेलमा यूएई र ओमान भएको समूहमा परेको छ । अष्ट्रेलियामा हुने विश्वकपको छनोटका लागि नेपाल रहेको समूह ‘ए’मा यूएई, ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्स पनि छन् । यीमध्ये यूएई र ओमान नेपालका लागि बलिया प्रतिस्पर्धी मानिन्छन् । त्यस्तै,समूह ‘बी’मा...