मेची राजमार्ग खुल्यो, सवारीसाधन चल्न थाले

पाँचथर। गत ४ दिन अघि देखि पहिरोको कारण अवरुद्ध रहेको झापाको-चारआलिदेखि ताप्लेजुङ-सुकेटारसम्म जोड्ने मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध रहेको ताप्लेजुङ–चारआली खण्ड बिहीबार बेलुकाबाट राजमार्ग खुलेपछि सञ्चालनमा आएको हो।

सम्बन्धित सामग्री

एक महिनापछि खुल्यो मेची राजमार्ग

फुङलिङ : अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ। पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो।बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो। बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो। लामो समय मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हुँदै आएको थियो। ताप्लेजुङदेखि पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो। वार

मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग

मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै गाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो।...

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ । मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।

मेची राजमार्ग लथालिंग

पूर्वी पहाडी जिल्लाको भविष्यसँग जोडिएको मेची राजमार्ग यात्रुलाई सहज होइन, त्रास बनेको छ । कारण हो– उच्च जोखिम । मेची राजमार्गमा बढेको जोखिमका कारण यात्रुलाई समस्या भएको छ । यात्रामा बढी समय लाग्ने मात्र हैन, डाँडा र गहिरो परेको सडकले जिउ नै दुख्ने समस्या हुने गरेको छ । अझ मेची राजमार्गको माईखोला नजिकैको एक खण्ड […]

मेची राजमार्ग कि ‘खाल्डामार्ग’

झापाबाट मेची राजमार्ग भएर यात्रा अघि बढाउँदा पहाडका सुन्दर ठाँउ र बस्तीहरु देखिन्छ। इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म यो राजमार्ग भएर यात्रा गर्दा अनेकन सुन्दर ठाँउहरु भेटिन्छन्।...

मेची राजमार्ग अन्तर्गत पाँचथरको पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

पाँचथर - मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण बनेको छ । पहिरो झरेर सडकभन्दा माथि थुप्रो लागेको छ भने जमिन नै भत्किएको छ । निरन्तर पानी पर्दा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको गाडी चालकले बताएका छन् । पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यानमा राखेर एउटा एक्स्काभेटर तयारी अवस्थामा राखिएकाे सडक डिभिजन कार्यालय इलामले जनाएको छ । मेची राजमार्गको यस खण्डमा विगतमा पहिराेको ठूलो समस्या थिएन । तर राजमार्गक...

पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आयो

पाँचथर । पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । बिहिबार बेलुकाबाट ताप्लेजुङ—पाँचथर— फिदिम— राँकेसम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिनुभयो । पाँचथरदेखि इलामको रक्सेसम्म्मको सडकमा भएको अवरोध पनि खुलेकोे इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अवरोध हटेसँगै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो । बाटो […]

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ ।

इलाममा सुख्खा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध

मेची राजमार्ग अन्तर्गत इलामको जिरो-धोबिधारा सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ।