लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले विभिन्न १३ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मधेश र थरूहट लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गरी रेशम चौधरी लगायत राजबन्दीलाई अविलम्ब रिहाइ गर्नुपर्ने माग रहेका छन् । पत्रमा किसानलाई मलको समस्या समाधान गर्नका पहल गर्नुपर्ने सम्मका माग रहेका छन् ।