प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा, यस्ता छन् माग !

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग सम्बोधनका लागि आग्रह गर्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् ।  ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी दिए । “हामीले उठाउँदै […]

सम्बन्धित सामग्री

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, यस्ता छन् माग !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ति, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् […]

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र, यस्ता छन् माग

लोकताीन्त्रक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाले मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले प्रधानमन्त्री देउवालाई नागरिकता बिहीनहरुको समस्या समाधान गर्न, मधेस आन्दोलनमा लागेका मुद्दाहरु रेशम चौधरी लगायत महोत्तरी जिल्लाका नेता कार्यकर्ताहरुलाई रिहाईको माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको पार्टीका नेता उमाशंकर अरगरियाले बताए । उनले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिटोभन्दा छिटो सांसदबाट पास गर्ने प्रतिवद्धता जनाएको बताए । उनले अविलम्व मलखाद किसानहरुलाई उपलब्ध गराउने बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।उनले भने, ‘हामीले प्रधानमन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएका छौँ । त्यसमा नागरिकता बिहीनहरुलाई जबसम्म संघीय कानून बन्दैन, तबसम्म नागरिकता बिहीनहरुले अधिकार पाउन सक्दैनन् । त्यसैले पहिला नागरिकताको विषयमा छिटोभन्दा छिटो सांसदबाट पास हुनुपर्छ भनेर प्रतिवद्धता जाहेर गर्नुभएको छ । अर्कोकुरा मधेस आन्दोलनमा लागेका मुद्दाहरु रेशम चौधरीजी लगायत महोत्तरी जिल्लाका साथीहरु पनि निर्दोषहरु फस्नुभएको छ, उहाँहरुको विषयमा कुरा भयो । मलखाद अवलम्व उपलब्ध होस् भनेर भनेर माग गरेका छौँ । भूमिहीनको समस्या जुन छ, मधेसी, थारु, आदीवासी, जनजातीसमेतलाई समेटेर अघि बढाउनको लागि हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।’लोसपाले जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्वको व्यवस्था गर्न, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्न, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्न, महंगी र कालोबजारी नियन्त्रण गर्न, भूमि वितरण सम्बन्धी कुनै कार्यक्रम लागू गर्दा भूमिहीन मधेसी, जनजाती, थारु, शिल्पी, दलित, मुस्लिमलाई प्राथमिकतामा राखि वितरण गर्न र हालसम्म जग्गाधनी प्रमाणपत्र नभएकालाई प्रमाण पूर्जा उपलब्ध गराउने जस्ता माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।