प्रदेश १ मा दसैँअघि नै आफ्नो नेतृत्वमा सरकार बनाउन लागिपरेका विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम टुङ्ग्याउन सकस परेको छ । प्रदेश १ मा गठबन्धन दलभित्र पनि नेकपा (एकीकृत समाजवादी) र नेपाली काँग्रेसले सरकारको नेतृत्वमा दाबी गरेका छन् । केन्द्रीय गठबन्धनले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय नगर्दा प्रदेशमा रहेका गठबन्धन घटक दलहरु अलमलमा परेका हुन् ।भीम आचार्य नेतृत्वको प्रदेश सरकार औपचारिक रूपमा अल्पमतमा परिसकेको अवस्थामा विपक्षी गठबन्धनका चार दल नेकपा माओवादी केन्द्र, नेपाली काँग