सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए