दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ । दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर लागू गरिँदै आएका थियो ।
डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ ।
विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने बताइएको छ । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।