मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा मनोनयन दर्ता उल्लासय तरिकारले सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वामगठवन्धन, नेपाली काँग्रेस र नेकिपाले मनोनय दर्ता गराएका हुन । वाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र बहादुर महतले प्रतिनिधी सभाको निर्वाचनको लागि उम्मेदवार दर्ता गराएका हुन । यस्तै माओवादीका नरेश भण्डारीले क्षेत्र नम्बर (क ) र नेकपा एमालेका पदम रोकायाले (ख) क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन।