लिगलिगकोट म्याराथन दौड भदौ २५ गते

यस वर्षको लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथन दौड आगामी भदौ २५ गते आयोजना हुने भएको छ । नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा राष्ट्रव्यापी "लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथन दौड प्रतियोगिता-२०७९" सञ्चालन हुने जानकारी दिइएको हो  । यसमा भाग लिनका लागि क्यूआर कोडमार्फत् अनलाइन रजिस्ट्रेसन गर्न सकिने साथै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म खरिद गरी दर्ता ग

सम्बन्धित सामग्री

तीर्थबहादुरलाई म्याराथन उपाधि

नेपाली सेनाका तीर्थबहादुर तामाङले शनिबार लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथनको उपाधि जित्नुभएको छ। उहाँले ४० किलोमिटर लामो दौडमा ९२ जना प्रतिस्पर्धीलाई उछिन्ने क्रममा तीन घण्टा ११ मिनेट एक सेकेन्ड समय लगाउनुभयो। भारतीय सेनामा कार्यरत अनिश थापामगर तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी दोस्रो हुनुभयो। नेपाली सेनाका मोहनदेव जोशी (तीन घण्टा १५ मिनेट १५ सेकेन्ड) तेस्रो हुनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपियाँ पुरस्कार पाएका छन्। दसौँ नम्बरसम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

लिगलिगकोट म्याराथनको उपाधि तीर्थबहादुरलाई

दोस्रो लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुला म्याराथन दौड ०७९ को उपाधि त्रिभुवन आर्मी क्लबका तीर्थ तामाङले जितेका छन् । निर्धारित ४० किलोमिटरको दूरी तीन घन्टा ११ मिनेट एक सेकेन्डमा पार गर्दै तामाङले उपाधि...

लिगलिगकोट–गोरखा दरबार म्याराथनमा नेपाली सेनाका तीर्थबहादुर पहिलो

गोरखा  - प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङ प्रथम भएका छन् । आज भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन्। उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।  यस्तै भारतीय सेना अनिश थापा मगर द्वितीय भए । निर्धारित दूरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनले नगद १ ल...

लिगलिगकोट म्याराथनको उपाधि आर्मी क्लवका तामाङलाई

लिगलिगकोटदेखि गोरखा दरबारसम्म भएको म्याराथन दौड प्रतियोगिताको उपाधि आर्मी क्लवका तीर्थबहादुर तामाङले जितेका छन् । भवानी दल गणमा कार्यरत तामाङले तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गरे ।

लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन हुने

काठमाडौं । यही भदौ २५ गते ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता–२०७९’ हुने भएको छ । नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा हुन लागेको दौड बिहान ६ बजे लिगलिगकोटबाट सुरु हुनेछ । प्रतियोगितामा भाग लिन रजिष्ट्रेसन फाराम दर्ता गराउनुपर्नेछ । क्यूआर कोडमार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिनेछ ।...

भदौ २५ मा ‘लिगलिगकोट-गोरखा दरबार’ दौड, विजेतालाई डेढ लाख

काठमाडौं : नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका तथा सिरानचोक नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रव्यापी ‘लिगलिगकोट-सिरानचोक-गोरखा दरवार म्याराथन दौड प्रतियोगिता-२०७९ हुने भएको छ। त्यसका लागि सेनाले दरखास्त माग गरेको छ। भाद्र २५ गते विहान ६ बजे सुरु हुने म्याराथन लिगलिगकोट-आँपपिपल- भञ्ज्याङ-चित्रेपोखरी-छोप्राक-चोरकोटे-छेवेटार-पस्लाङ- ठूलो आँगन हुँदै गोरखा दरबार पुग्ने छ। ४० किलोमिटरको म्याराथनका लागि क्यूआर कोड मार्फत् अनलाइन रजिष्ट्रेसन गर्न सकि

नेपाल एकीकरण पदमार्गको संरक्षण गर्न म्याराथन

नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रवद्र्धन र प्रचार–प्रसारका लागि ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ । गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमद्र्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी तत्कालीन राजा द्रव्य शाहले …

लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन भदाै २५ गते

गाेरखा – गोखराको प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटबाट गोरखा दरबारसम्म म्याराथन दौड हुने भएको छ । ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ भदौ २५ गते लिगलिगकोट–सिरानचोक– गोरखा दरबार खुला म्याराथन दौड हुने भएको हो । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो लिगलिगकोटबाट सुरु हुने दौड चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेपेटार,पस्लाङ चौतारो  हुँदै ४० किलोमिटर पूरा गरी गोरखा दरबारको...

पर्यटन प्रवद्र्धनका लागि खुल्ला म्याराथुन

खेलकुदको माध्यमबाट इतिहास र पर्यटनको प्रबद्र्धनका लागि गोरखामा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपालको उत्पत्तिदेखि जगसम्म भन्ने अवधारणा अनुसार ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको हो । नेपाली सेनाको रणसिंह दल गोरखा, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङमा टुंगिनेछ ।

राजा छनोट गर्न लिगलिगे दौड

गोरखा । गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ । लिगलिगकोट विकास अभियानले सदरमुकाममा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी ...