तीर्थबहादुरलाई म्याराथन उपाधि

नेपाली सेनाका तीर्थबहादुर तामाङले शनिबार लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथनको उपाधि जित्नुभएको छ। उहाँले ४० किलोमिटर लामो दौडमा ९२ जना प्रतिस्पर्धीलाई उछिन्ने क्रममा तीन घण्टा ११ मिनेट एक सेकेन्ड समय लगाउनुभयो। भारतीय सेनामा कार्यरत अनिश थापामगर तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी दोस्रो हुनुभयो। नेपाली सेनाका मोहनदेव जोशी (तीन घण्टा १५ मिनेट १५ सेकेन्ड) तेस्रो हुनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपियाँ पुरस्कार पाएका छन्। दसौँ नम्बरसम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित सामग्री

प्रधानसेनापति म्याराथनको उपाधि अनिशलाई, दीपक र सन्तोषी हाफ म्याराथन च्याम्पियन

१९ फागुन, काठमाडौं । पर्वतका धावक अनिश थापामगरले प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार राजधानीमा भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै उनी च्याम्पियन बनेका हुन् । अनिशले उपाधिसँगै नगद ३ लाख र  मोटरसाइकल पनि प्राप्त गरेका छन् । एपीएफका किरणसिंह बोगटी २ घन्टा २३ मिनेट १५ सेकेन्डमा पूरा […]

सेनाका गजेन्द्रलाई राष्ट्रब्यापी मिनि म्याराथन उपाधि

लमजुङ । लमजुङमा शनिबार आयोजना भएको दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जितेका छन् । लमजुङस्थित सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारको बगैंचामा शनिबार भएको १५ किलोमिटरको मिनि म्याराथन नेपाली सेनाको शेर जंग गणका गजेन्द्रले ४५ मिनेट ५४ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीका धावकले वर्चश्व जमाएको मिनि म्याराथनमा सेनाकै […] The post सेनाका गजेन्द्रलाई राष्ट्रब्यापी मिनि म्याराथन उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्मीका गजेन्द्रलाई राष्ट्रब्यापी मिनि म्याराथन उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आर्मीका गजेन्द्र राईले लमजुङमा भएकाे दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनको उपाधि जितेका छन् । लमजुङस्थित सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारको बगैंचामा शनिबार भएको १५ किलोमिटरको मिनि म्याराथन गजेन्द्रले ४५ मिनेट ५४ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै रामजी बस्नेत दोस्रो भए । उनले निर्धारित दुरी ४६ मिनेट ३० सेकेण्डमा पुरा […] The post आर्मीका गजेन्द्रलाई राष्ट्रब्यापी मिनि म्याराथन उपाधि first appeared on Hamro Khelkud.

खडकलाई हाई अल्टिच्युड म्याराथन उपाधि

डोटी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका धावक खडक बहादुर खड्काले दोस्रो संस्करणको खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि जितेका छन । खडकले खप्तडको ३ हजार ३ सय फिट उचाईबाट सुरु म्याराथन २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा ३९ मिनेट […] The post खडकलाई हाई अल्टिच्युड म्याराथन उपाधि first appeared on Hamro Khelkud.

सन्तोषीलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]

म्याराथन उपाधि जितेपछि रामले पाए साइकल

रौतहटको गरुडामा लायन्स युवाक्लबले हरेक वर्ष दशैँमा गर्दै आएको मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिताको उपाधि गरुडा नगरपालिका ८ काअजेश रामले हातपारेका छन्।...

जुम्लाका दलबहादुरले जिते ताप्लेजुङ पाथिभरा म्याराथन

दिपक बोहोरा, पाँचथर ताप्लेजुङ पाथिभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित म्याराथन ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा पूरा गर्दै तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर उपाधि जितेका हुन् । उनी कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी भएका थिए । त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र सोही क्लबका राज मेन्याङबो […]

गोपीचन्द्र र राजपुरालाई कान्तिपुर हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]

बाह्रबिसे युथ म्याराथनको उपाधि सिद्धार्थ तामाङलाई

काठमाडौं । ‘बाह्रबिसे युथ म्याराथन २०७८’ को उपाधि सिद्धार्थ तामाङले जितेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा शनिबार भएको म्याराथन प्रतियोगीतामा सिद्धार्थ तामाङले ‘बाह्रबिसे युथ म्याराथन २०७८’ को उपाधि जितेका छन् । शनिबार भएको म्याराथनको निर्धारित ४ किलोमिटर दुरी २० मिनेट ४ सेकेण्डमा पुरा गर्दै बाह्रबिसे नगरपालिका वडा नम्बर ४ का तामाङले उपाधि जितेका हुन् । म्याराथनको […]

लण्डन म्याराथन अक्टोबरमा

काठमाडौँ– बेलायतको चर्चित एथलेटिक्स प्रतियोगिता लण्डन म्याराथन अक्टोबरमा हुने भएको छ । आयोजक लण्डन म्याराथनले सन् २०२२ को प्रतियोगिता अक्टोबरमै हुने जनाएको स्काई स्पोर्ट्सले जनाएको छ । सन् २०२१ को लण्डन म्याराथन पनि अक्टोबरमै भएको थियो । त्यस संस्करणको उपाधि इथोपियन धावक शुरा किटाटाले जितेका थिए । सेन्ट जेम्स पार्कमा हुने लण्डन म्याराथनको मिति भने […]