लिगलिगकोट म्याराथनको उपाधि तीर्थबहादुरलाई

दोस्रो लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुला म्याराथन दौड ०७९ को उपाधि त्रिभुवन आर्मी क्लबका तीर्थ तामाङले जितेका छन् । निर्धारित ४० किलोमिटरको दूरी तीन घन्टा ११ मिनेट एक सेकेन्डमा पार गर्दै तामाङले उपाधि...

सम्बन्धित सामग्री

तीर्थबहादुरलाई म्याराथन उपाधि

नेपाली सेनाका तीर्थबहादुर तामाङले शनिबार लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथनको उपाधि जित्नुभएको छ। उहाँले ४० किलोमिटर लामो दौडमा ९२ जना प्रतिस्पर्धीलाई उछिन्ने क्रममा तीन घण्टा ११ मिनेट एक सेकेन्ड समय लगाउनुभयो। भारतीय सेनामा कार्यरत अनिश थापामगर तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी दोस्रो हुनुभयो। नेपाली सेनाका मोहनदेव जोशी (तीन घण्टा १५ मिनेट १५ सेकेन्ड) तेस्रो हुनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपियाँ पुरस्कार पाएका छन्। दसौँ नम्बरसम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

लिगलिगकोट म्याराथनको उपाधि आर्मी क्लवका तामाङलाई

लिगलिगकोटदेखि गोरखा दरबारसम्म भएको म्याराथन दौड प्रतियोगिताको उपाधि आर्मी क्लवका तीर्थबहादुर तामाङले जितेका छन् । भवानी दल गणमा कार्यरत तामाङले तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गरे ।