खेलकुदको माध्यमबाट इतिहास र पर्यटनको प्रबद्र्धनका लागि गोरखामा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपालको उत्पत्तिदेखि जगसम्म भन्ने अवधारणा अनुसार ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको हो ।
नेपाली सेनाको रणसिंह दल गोरखा, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङमा टुंगिनेछ ।