दुई वर्षपछि चीन उडान गर्दै हिमालय एयरलाइन्स, काठमाडौं-कुनमिङ व्यवसायिक उडान पहिलोपटक

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले दुई वर्षपछि चीनतर्फ नियमित उडान सुरु गर्ने भएको छ। जेठ १७

सम्बन्धित सामग्री

हिमालय एयरलाइन्स बन्यो 'आयोसा सर्टिफिकेट' पाउने नेपालकै पहीलो हवाई कम्पनी

काठमाडौं । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको हो । गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात संघ(आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका रुपमा दर्ज भएको छ । हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । यो उपलब्धीलाई हिमालय एयरलाइन्सले उड्डयन क्षेत्रको कोसोढुङ्गाको रुपमा लिएको जनाएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले आयोसामा दर्ता भएको उपलब्धी विमान कम्पनीको मात्रै नभइ मुलुक र उड्डयन क्षेत्रको उपलब्धी भएको बताए । “यो उपलब्धीले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्छ”, उनले भने, “हवाई सुरक्षामा नयाँ आयाम स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।” यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने नभई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवा कम्पनीका रूपमा समेत स्थान दिने उपाध्यक्ष श्रेष्ठले बताए । उनले आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई कायम राख्न कम्पनी प्रतिबद्ध रहेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हिमालय एयरलाइन्सको उपलब्धी मुलुकका लागि गौरवको विषय भएको बताइन् । उनले भनिन्, “प्राधिकरणका तर्फबाट म हिमालय एअरलाइन्सलाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणका लागि तथा प्रतिष्ठित प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ ।”  सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल ४ थान विमान ३ एयरबस ३२०–२१४ र एक एयरबस ३१९–१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका ५ शहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ ।

हिमालय एयरलाइन्स र एनडीए-नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य

हिमालय एयरलाइन्सले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधिहरू लागु गर्न कदम चालेको छ । एयरलाइन्सले एनडीए-नेपाल अर्थोपेडिक अस्पताललाई दुई टनको स्ट्याण्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ ।एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले मेडिकलका डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन् । अस्पतालको सगरमाथा जनरल वार्डमा उक्त एयर कन्डिसनर जडान गरिएको छ । त्यहाँ […]

अन्तरराष्ट्रिय विमानस्थल : काठमाडौँमा चाप, भैरहवामा यात्रु नहुँदा उडान बन्द

काठमाडौं : सरकारले पुस १७ गते आइतबार तामझामका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यायो। तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहँदा यसअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। यता काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढी रहेको छ। आजभन्दा करिब ७ महिनाअघि तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा यति वेला अन्तरराष्ट्रिय उडान नै छैन।मौसम प्रतिकूलताको कारण देखाउँदै हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सल

ग्राउन्ड ह्यान्डलिङ दिने आश्वासनपछि भैरहवाबाट उडान गर्न हिमालय एयरलाइन्स तयार

१६ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सले गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा हिमालय एयरलाइन्सलाई समेत दिने आश्वासन दिएपछि हिमालय एयरलाइन्स भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रियबाट उडान गर्न तयार भएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको तयारी भएको जनाएको छ । यस सिलसिलामा हिमालयलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतमबुद्ध […]

हिमालय एयरलाइन्सको काठमाडौंबाट कुवेत सीधा उडान

हिमालय एयरलाइन्सले कुवेतमा उडान विस्तार गरेको छ । योसँगै नेपालबाट कुवेत सीधा उडान भर्ने हिमालय एयरलाइन्स पहिलो विमान कम्पनी भएको छ । काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको हिमालय एयरलाइन्सले भनेको छ, “यो क्षेत्र सञ्चालनमा आएपछि रोजगारी, व्यापार र पर्यटनका लागि दुवै देशका यात्रुहरुको आवतजावतमा थप सहजता प्रदान हुने जनाएको छ ।”चालू […]

‘हिमालय एयरलाइन्स र निगम मिलेर संसार जित्न चाहन्छौं’

नेपाली हवाई उड्डयन क्षेत्रको एक उदीयमान अन्तर्राष्ट्रिय उडान कम्पनी हो ‘हिमालय एयरलाइन्स’ । चिनियाँ, तिब्बत सिभिल एभिएसन डेभलपमेण्टको ज्वाइन्ट भेन्चरको रुपमा सञ्चालित हिमालय एयरलाइन्सले आफ्नो स्थापना कालको करिब ७ वर्ष पुरा गरिसकेको छ । सन् २०१४ अगष्ट १९ मा स्थापित कम्पनीले स्थापनाकालको दुई वर्षपछि अर्थात् सन् २०१६ मे ३१ बाट आफ्नो व्यवसायिक उडान सुरु गरेको थियो । यसले हाल ९ देशका दर्जन बढी सहरमा आफ्नो नियमित उडान विस्तार गर्न सफल भइसकेको छ ।बंगलादेशको ढाका, चीनको बेजिङ्ग, चाङ्सा, चोङ्

कतारबाट ओर्लने बित्तिकै काठमाडौँमा सुन लुटपाट

विदेशबाट सुन लिएर आएका दुई जना युवा काठमाडौँको मित्रपार्कमा लुटिएका छन् । कतारको दोहाबाट हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका झापाका मातृका चौलागाई र नवलपरासी घर भएका विजय पुलामी मगरलाई तीन जनाको समूहले लुटेका हुन् ।सोमबार साँझ ९ बजेर १० मिनेटमा उनीहरू सवार ट्याक्सीलाई पछ्याएर तीन जनाको समूहले सुन लुटेर भागेको पीडितको भनाई छ । केटिएम ड्यूक मोटरसाइकलमा आएका तीन जनाले विदेशबाट ल्याएको १ सय ग्राम तौल बराबरको दुई ओटा बाला लुटेर भागेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।लुटपाटमा संलग्न व्य

हिमालय एयरलाइन्सले भन्यो : महङ्गो भाडा लिएका छैनौं

हिमालय एयरलाइन्सले आफुहरुले यात्रुबाट महङ्गो भाडा नलिएको स्पष्टोक्ति दिएको छ । नेपाल–चीन संयुक्त उद्यम एयरलाइन्स (हिमालय एयरलाइन्स) ले हालैमात्र हवाई उडान सुरु गरेको साउदी अरबको दमाममा यात्रुहरूसँग चर्को भाडा असुली गरेको र होटल क्वारेन्टिनको समेत महङ्गो शुल्क लिएको भन्दै सर्वत्र विरोध आइरहेका बेला एयरलाइन्सले यस्तो बताएको हो । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सो सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘हालको अवस्थामा, विभिन्न समाचार तथा सामाजिक सञ्ज

निःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स

काठमाडौं (अस) । हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तगर्त कोभिड–१९ महामारीमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरूप प्राप्त दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ । हिमालय एयरलाइन्सको ३१९–११५–११५ ९एन–एजेके एयरबसले जेठ १८ र १९ गते गरी तिब्बतको कुनमिङ सहरमा चार पटक उडान गरी खोप ढुवानी गर्ने भएको हो । हिमालयका उडानले भेरोसेल खोपका २ लाख डोजका ४१७ वटा बाकस निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा एयरबसले अधिकतम १०५ वटा खोपका बाकस बोक्ने कम्पनीले जानकारी दिएको छ । निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले करिब दुई करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान पुर्‍याउनेछ । कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकारलाई सहयोग पु¥याउन कम्पनीले राष्ट्रिय संकटको महत्वपूर्ण समय निःशुल्क कार्गो उडान सञ्चालन गरेको हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले बताए । विपद्का बेला नेपाली जनता र सरकारलाई साथ दिन हिमालयले निःशुल्क खोपका उडान भरेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

निःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स

काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्वत सरकारद्वारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप हिमालय एअरलाइन्सको ३१९–११५ ९एन–एजेके  एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा ४ पटक उडान गरी ती खोपहरू ढुवानी गर्ने एयरलाइन्सले जनाएको छ । हिमालयका ती उडानहरूले भेरोसेल खोपका २ लाख डोजका