हिमालय एयरलाइन्सले भन्यो : महङ्गो भाडा लिएका छैनौं

हिमालय एयरलाइन्सले आफुहरुले यात्रुबाट महङ्गो भाडा नलिएको स्पष्टोक्ति दिएको छ । नेपाल–चीन संयुक्त उद्यम एयरलाइन्स (हिमालय एयरलाइन्स) ले हालैमात्र हवाई उडान सुरु गरेको साउदी अरबको दमाममा यात्रुहरूसँग चर्को भाडा असुली गरेको र होटल क्वारेन्टिनको समेत महङ्गो शुल्क लिएको भन्दै सर्वत्र विरोध आइरहेका बेला एयरलाइन्सले यस्तो बताएको हो । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सो सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘हालको अवस्थामा, विभिन्न समाचार तथा सामाजिक सञ्ज