दिल्लीको उच्च अदालतले पत्रकार राणा अय्युबलाई विदेश यात्राको अनुमति दिएको छ ।अय्युबलाई अघिल्लो मंगलबार प्रवर्तन निर्देशनालयले विमानस्थलमा रोकेको थियो । उनी मुम्बई अन्तरराष्ट्रिय विमानस्थलबाट लण्डन जाने तयारीमा थिइन् ।इडीको तर्फबाट रोकिएपछि अय्युबले दिल्ली उच्च अदालतमा याचिका दर्ता गरेकी थिइन् । उच्च अदालतले अब उनको याचिका स्वीकार गरेर उनलाई विदेश जान अनुमति दिएको छ । राणा अय्युबविरुद्ध जारी लुकआउट सर्कुलरलाई मध्यनजर गर्दै इडीले उनलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको थियो । इडी