चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा बढाइने भएको छ । सवारी इन्धनको निरन्तर मूल्यवृद्धि भएसँगै नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि गर्ने भएको हो । नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई २५ जेठदेखि लागू हुने गरी रसुवागढी र तातोपानी नाकामा सञ्चालन हुने ट्र