खोपमा धार्मिक क्षेत्रलाई पनि प्राथमिकतामा राख्न माग

काठमाडौं : महिला हिंसाविरुद्ध अन्तर धार्मिक राष्ट्रिय संजालले कोरोना भाइरसविरुद्धको खोपमा धार्मिक क्षेत्रलाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेको छ।संजालले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सर्वसाधरणको आवतजावत बढी हुने मन्दिर, आश्रम, मस्जिद, चर्च, गुम्बाका पुजारी, धर्मगुरुहरु र आश्रमहरुमा आश्रित व्यक्तिलाई खोपमा प्राथमिकता दिन सरकारसँग आग्रह गरेको हो।साथै संजालले सरकारले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न पनि सबै धार्मिक अनुयायीहरुमा अपिलसमेत गरेको छ। 

सम्बन्धित सामग्री

‘विराटनगर महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’

मोरङ – विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मेयर नागेश कोइरालाले बताएका छन्। महानगरले वडा नम्बर १८ बाट सुरु गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा मेयर कोइरालाले जनताको स्वास्थ्यप्रति महानगर गम्भीर र सचेत रहँदै सबै वडामा शिविर सेवा पु–याउने जानकारी दिए। महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गर्दै मेयर कोइरालाले महानगरले सबैको सहजताका […]

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।...

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो ।महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण खोपको व्यवस्था, दुर्घटना बीमा, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ताको व्यवस्था गरी कृषकलाई बैंकिङ सेवामा सहज

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट सङ्कटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गर्नुभयो ।“सङ्कटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी हुन्छ । यसका लागि अहिलेलाई खोप नै प्

निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई कोरोनाको खोपमा प्राथमिकता दिन आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले नवपनयुक्त प्रधानमन्त्री शेराबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कोरोनाका कारण प्रभावित भएको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन निजी क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो ।महासंघले सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका […]

शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बनेका पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक […]

आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने : नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताए ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताए । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको […]