‘विराटनगर महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’

मोरङ – विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मेयर नागेश कोइरालाले बताएका छन्। महानगरले वडा नम्बर १८ बाट सुरु गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा मेयर कोइरालाले जनताको स्वास्थ्यप्रति महानगर गम्भीर र सचेत रहँदै सबै वडामा शिविर सेवा पु–याउने जानकारी दिए। महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गर्दै मेयर कोइरालाले महानगरले सबैको सहजताका […]

सम्बन्धित सामग्री

महानगरद्वारा ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य सेवा

मोरङ, २१ फागुन । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई […]

१५ जेठपछि महानगरको अधिकांश सेवा काठमाडौं प्लाजाबाट

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ जेठपछि आफ्नो अधिकांश सेवाहरु काठमाडौं प्लाजाबाट दिने तयारी गरेको छ । सोही तयारी अनुसार महानगरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सार्ने काम […]

डेंगु नियन्त्रणमा काठमाडौँ महानगरले राम्रो काम गर्न सकेन : मन्त्री खापुङ

नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरूले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि पारासिटामोलको उचित व्यवस्थापन गराउनुपर्ने, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्

महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने

महानगरले सहुलियतमा वेष्टविन बाँड्नको लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। सरसफाइमा काम गर्ने महानगरका कर्मचारीलाई स्वास्थ्य बीमा गरिने छ। जसको लागि महानगरले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ।...

भरतपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ

भरतपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकाश पाएका महिला स्वयंसेविकालाई बिदाइ गरिएको हो ।भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकालाई बिदाइ गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वयंसेविका कार्यको सम्मान गर्दै बिदाइ गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।त्यस्तै प्र

सुर्तीजन्य पदार्थ नखानुहोस् भन्दै घर-घर पुग्छौँ : चिरीबाबु महर्जन

काठमाडौं : सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखन नियन्त्रणमा सक्रियतापूर्वक काम गर्ने  ललितपुर महानगरपालिका मेयर प्रमुख (मेयर) चिरीबाबु महर्जनले बताएका छन्।विश्व सुर्तीजन्य पदार्थरहीत दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले गरेको कार्यक्रममा प्रमुख महर्जनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आफ्नो महानगरले विशेष बजेट छुट्याएर काम गर्ने उनले बताएका हुन्। 'अघिल्लो कार्यकालमा हामीले ललितपु

विराटनगर महानगरद्वारा कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सहयोग गर्न माग

असार ६, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्‍याउन अन्तरराष्ट्रिय निकायलाई आह्वान गरेको छ  । संघीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तरराष्ट्रिय सहर र विभिन्न दातृ  संस्थासँग सहयोगको अपिल गरेको हो । शनिवार सञ्चारकर्मीसँग भर्जुअल छलफलमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्वअनुसार खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको बताए । उनले भने, ‘खोप खरीदका लागि संघीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरीद प्रक्रियामा अघि बढ्न सकिएको छैन । सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ । जनगुनासो बढ्दो छ । यसकारण खोप ल्याउन सरकारले सहज वातावरण बनाउन आवश्यक छ ।’ विगतमा महानगरपालिकासँग प्रत्यक्षरुपमा काम गरेका र लामो समयदेखि सम्बन्ध भएका देश, भगिनी सम्बन्ध कायम भएका र हुन गइरहेका शहर तथा अन्तरराष्ट्रिय संस्थाहरु राष्ट्रसंघीय विकास कार्यक्रम, करुणा फाउन्डेशन नेपाल, हेल्थ इन्भाइरोन्मेन्ट एन्ड क्लाइमेट एक्शन फाउन्डेशन, रोटरी क्लब इन्टरनेशनल र निजी क्षेत्रले अत्यन्तै सहयोग गरेकामा प्रमुख पराजुलीले  प्रशंसा  गरे ।  यस्तै महानगरले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोभिडको नयाँ भेरियन्ट महानगरपालिकामा समुदायस्तरमा फैलिएको र तेस्रो चरणको समेत भेरियन्ट आउने सम्भावनालाई दृष्टिगत गरी  ती सस्थालाई विगतमा जस्तै सहयोग आह्वान गरेको छ । ती निकायलाई अति आवश्यक स्वास्थ्य सामग्री अक्सिजन, कन्सन्ट्रेटर, भेन्टिलेटर, भिटिएम, एन्टीजेन किट, अक्सिमिटरसहित खोप प्रबन्धका गर्न अपिल गरेको छ । महानगरप्रमुख पराजुलीले महानगरले गरेको अपिललाई अन्तरराष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्नेमा आशावादी रहेको बताउँदै विगतका दिनहरुमा पनि ती संस्था र राष्ट्रले गरेको योगदानको  स्मरण गरे । रासस

व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले नागरिकहरूको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवा सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिने महानगरले जनाएको छ ।