भक्तपुर : बडादशैं र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव)को जात्रा शुक्रबार राति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याई जात्रा मनाइने गरिन्छ।दशमीको राति तलेजु आगम घरकोको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायः द्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताए। जात्राको