तलेजुको पायःद्यो जात्रा सम्पन्न

बडादसैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-८ स्थित प्रशिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ। मंगलवार शुरु भएको जात्रा बुधवार पशुबलिसहित सम्पन्न भएको हो।हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्छ। यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए। जात्रामा ५६ राँगा र त्यत्तिकै संख्यामा बोकाको बलि दिइएको छ। परम्पराअनुसार बलि दिने गरिएको छ।

कर्णालीको सबैभन्दा ठूलो जात्रा सम्पन्न

जुम्ला– जुम्ला सदरमुकाम खलङ्गा बजारमा कर्णालीको सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न भएको छ । स्थानीयवासीको बाक्लो उपस्थितिमा लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत् रूपमा सम्पन्न भएको छ ।   विसं १९५३ देखि सुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले जानकारी दिए । प्रतिपदाको दिन सुरु हुने जात्रा […]

काठमाडौँमा रोपाइ जात्रा सम्पन्न

काठमाडौँ– काठमाडौँको बौद्धमा शुक्रबार रोपाइ जात्रा धुमधामका साथ सम्पन्न भएको छ ।  हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइ जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाइ सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो ।  बौद्धको रोपाइँ […]

अबिर चढाएपछि सम्पन्न भयो श्रीचन्द्रविनायक- श्रीभैरवनाथ जात्रा

श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दुर जात्रा गरिन्छ ।जात्रा कार्तिक शुक्ल पूर्णिम

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

बैतडी जिल्लाको प्रमुख शक्तिपीठमध्येको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका–८ मा रहेको उक्त मन्दिरमा कात्तिक १४ गतेदेखि पूजापाठ भएर आज राँगा र बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो । मन्दिरका मुखिया चन्द्रसिंह थापाका अनुसार ८० राँगा र ८० बोका गरी एक सय ६० पशुको बलि दिइएको हो । यो मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । यो जात्रामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने म

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका क्रममा सोमबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा मानिन्छ । देशका अन्य स्थानमा हुने जात्

भक्तपुरको थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । ईन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा कुमारी रथजात्रा सम्पन्न भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो छेड्न तयार भएसँगै जात्रा सम्पन्न भएको हो । थिमि नगरको मध्यभागमा अवस्थित दिगुभैरव […]

बलम्बु जात्रा सम्पन्न

नेपाल संवत् सुरु भएताका सुरु भएको मानिएको काठमाडौंको पश्चिम भेगको बलम्बु जात्रा कोरोनाका कारण १ वर्ष रथ जात्रा गरिएको थिएन। भब्यताका साथ जात्रा नमनाईएता पनि कुमारी र महालक्ष्मीको पुजा भने गरिएको थियो । कोरोनाको लहर कम भएसँगै पहिले–पहिलेको वर्ष झैँ यस पटक पनी भव्यताका साथ, पाहुना पासा घरमा निम्तो दिएर, जात्रा र भोज गरेर मनाइएको […]

तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न

एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ ।  विजयादशमीको भोलिपल्ट एकादशीका दिन दशैं सकिएको संकेत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ जात्रा मनाउने गरिन्छ ।  बडादशैंको नवमीको रात मीन अर्थात माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । तेह्रौं शताब्दीमा मल्ल...

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

भक्तपुर : धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। यो जात्रा प्रत्येक वर्ष बडादशैं र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ।जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ। जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ।घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौम