भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज साँझदेखि सम्पन्न भएको छ । गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ पुनः भैरवको रथ तानेर सम्पन्न भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीचमा भक्तपुर र मध्यपुर थिमिमा नेवार समुदायले मनाउने बिस्केट जात्रा, सिन्दुर जात्रा र जिब्रो छेड्ने लगायत विभिन्न जात्राहरू हजारौँको सहभागितामा भव्य रूपमा मनाइएको छ ।कोरोना महामारीको जोखिम बढे पनि त्यसको बेवास्ता गर्दै स्वास्थ्य मापदण्डको समेत बेवास्ता गर्द