भक्तपुर – इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ ।
स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका ठाउँमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।
पुलुकिसी जात्रा गर्नुपूर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्...