चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ । दुई महिने चुनावी अभियानमा होमिएको माओवादीले चुनावी कार्यक्रमअनुसार विभिन्न प्रदेशमा बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण दिँदै आएको छ । सोही अनुसार बुधबार माओवादीले काठमाडौँमा प्रशिक्षणात्मक कार्यक्रम तय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्