पोखराका व्यवसायीमा चुनावको रन्को, प्रमुख एजेण्डा- कोरोना राहत

महाधिवेशन मार्फत संघको अध्यक्षका लागि बिन्दु र नारायण प्यानल बनाएरै चुनावी मैदानमा होमिएका हुन्। उनीहरु दुबै समूहले जित आफ्नो समूहको पक्का भएको बताउँदै आएका छन्।

सम्बन्धित सामग्री

२४ सै घण्टा व्यवसाय खुलेपछि पोखराको लेकसाइडमा बढ्यो चहलपहल

चैत ७, कास्की । पोखराको लेकसाइड २४सै घण्टा खुल्ला भएपछि रात्रीकालीन व्यवसाय चम्कन थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्न दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रीकालिन व्यवसायमा चहलपहल बढेको छ । सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराह, काठमाडौंको ठमेल र दरबारमार्ग लगायतका क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरेपछि खुलेका पर्यटकीय क्षेत्र गुल्जार बन्न थालेका हुन् । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातीको समयमा पर्यटक रमाइ रहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । विगत दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अव चलायमान होला की भन्ने आशामा   पर्यटन व्यवसायी पनि उत्साहित छन् । कोरोना संक्रमण पहिले पर्यटक आगनम उच्चरुपमा बढ्ने आशमा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो धनराशी लागानी गरेका थिए । त्यसै समयमा एकाएक कोरोना संक्रमण बढेसँगै सरकारले लकडाउन गरेकाले व्यवसयिक क्षेत्रमा सन्नाटा छाएको थियो । अब, विस्तारै संक्रमण कम हुँदै गएको र सरकारले केही समय पहिले निषेधाज्ञा हटाएकाले पनि पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने योजना बनाएको छ । सरकारको यो निर्णयपछि पोखराका पर्यटन व्यवसायी उत्साहित   भएका हुन् । पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारले २४ सै घण्टा पर्यटकीय क्षेत्रमा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि थलापरेको पर्यटन उद्योगमा आश जगाएको बताए । उनी भन्छन्, ‘कोरोना संक्रमणका कारण व्यापारव्यवसाय ठप्प  भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि केही मात्रमा आन्तरिक पर्यटक मात्र आए । दुई वर्षदेखि बाह्यि पर्यटक आगमन ठप्पै छ । आन्तरिक पर्यटकको भरमा व्यवसाय चल्ने कुरै भएन । अब, कोरोना संक्रमण रोकिने र रात्रिकालिन व्यवसाय समेत फष्टाएको अवस्थामा व्यवसायीलाई राहत मिल्ने आशा गरेका छौं ।’ उनले विभिन्न देशमा पर्यटकीय क्षेत्र २४ सै घण्टा खुल्ला रहने भएपनि नेपालमा राती १० बजे व्यवसाय बन्द गर्नु पर्दा समस्या झेल्दै आएको बताए ।  उनले सरकारले ढिलै भएपनि पर्यटनमैत्री निर्णय गरेकोले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने बताए । उनका अनुसार व्यवसायीले विगतमा राती १० बज्न नपाउँदै होटल, रेष्टुरेण्ट बन्द गराउँदै हिंड्ने प्रहरीबाट हैरानी व्योहोर्दै आएका थिए ।  यो निर्णयपछि पोखरालगायत आसपासको व्यवसायमा राम्रो प्रभाव पार्नेछ ।’  गत बुधवार सरकारले २४ सै घण्टा खोल्न दिन निर्णय गरेपछि लेकसाइड पनि राती अबेरसम्म खुल्न थालेको छ । त्यतिमात्र नभएर बेलुका अबेरसम्म व्यवसाय खुल्न थालेपछि आन्तरिक तथा बाह्यि पर्यटक रमाइरहेका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज, डान्स क्लब, रेस्टुरेन्ट, बार, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै २४ सै घण्टा व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अध्यक्ष सुवेदीले लामोसमयदेखि थला परेको व्यवसाय विस्तारै तंग्रिने पनि बताए । उनले भने,‘२४ सै घण्टा व्यवसाय खोल्नु पर्ने भएकाले दुई सिफ्टमा कर्मचारी आवस्यक पर्ने भएकाले रोजगारी बढछ । रोजगारीसँगै व्यवसायीको आम्दानीसमेत बढ्छ ।’ लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय २४ सै घण्टा खोल्नका लागि माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

पोखरामा ८५ प्रतिशत पर्यटक आन्तरिक

पोखरा (कास्की) । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।  फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पुर्‍याएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको संक्रमण पनि घट्दै गएका कारण दशैंसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । दशैंअघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करीब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झन्डै १ हजार होटेल छन् । यसमध्ये १६ ओटा तारे होटेल छन् । कोरोना संकटपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको संख्या बढेको हो । यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झन्डै पौने ४ खर्ब बराबरको लगानी भइसकेको छ । हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक ५ प्रतिशत छन् । कुल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उनले जानकारी दिए । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरामा पर्ने भएकाले अधिकांशले २ देखि ३ दिनसम्मको समय छुट्ट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्छन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटलगायत स्थान पुग्ने गर्छन् । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । रासस

सुस्ताएको पर्यटनमा आन्तरिक पाहुनाको राहत

पोखराका होटलको अकुपेन्सी करिब ५० प्रतिशत पुगेको छ। यतिबेला पोखरा घुम्न आउनेमा अधिकांश आन्तरिक पाहुना भएको यहाँका व्यवसायीले बताएका छन्। केही भारतीय पाहुना पनि घुम्न आएका छन्। कोरोना संक्रमणले लामो समय सुस्ताएको पर्यटन क्षेत्रलाई ब्यूँताउने गरि आन्तरिक पाह...

कास्कीमा चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

कास्की (अस) । कास्कीमा चार वटै गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ । कोभिड–१९ संक्रमण बढेसँगै संक्रमितलाई स्थानीय स्तरमै अक्सिजन उपलब्ध गराउने उद्देश्यले कास्कीका चार वटै गाउँपालिकालाई सहयोगस्वरूप अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । काठमाडौंको वोधिसत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कास्कीका  माछापुच्छ्रे रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई ५–५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको पोखराका संयोजक एवं पत्रकार दीननाथ बरालले बताए । माछापुच्छ्रे गाउँपालिकाबाहेक तीन वटा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित अक्सिमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, एक कार्टुन, स्यानिटाइजर २० लिटर, ह्यान्डवास, ट्वाइलेट क्लिनर र फिनेल ५–५ लिटर, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संयोजक बरालले जानकारी दिए । पछिल्लो समयमा कास्कीमा पनि अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्टे«टरसहितको स्वास्थ्य सामग्री पाएपछि राहत महसुस भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर  गुरुङले बताए । कोरोना महामारीमा प्राप्त स्वास्थ्य सामग्री लक्षित वर्गमा प्रयोग गरिने रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाको भनाइ छ । यस्तै, सिर्जनशील अपांगता सरोकार समितिलाई औषधी सहयोग गरिएको छ । समितिलाई विभिन्न प्रकारका औषधी वितरण गरिएको संयोजक बरालले बताए । समितिका अध्यक्ष फडिन्द्रप्रसाद पौडेलले संस्थालाई औषधीसहित खाद्य सामग्री अत्यावश्यक भएको गुनासो गरे । यसअघि संस्थाले पोखरामा तीन वटा सामुदायिक अस्पताललाई जनही ५–५ वटा अक्सिजन कन्सन्टे«टरसहितको स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

फेवातालका डुंगा चालकलाई राहत वितरण

जेठ २१, पोखरा । पोखराको फेवातालमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुंगा चालकहरुलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ ।  कोरोना संक्रमणको कारण जारी निषेधाज्ञाले पेशा संकटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकलाई राहत वितरण गरिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । ‘लामो समय भयो, निषेधाज्ञा छ, काम गरेर बहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौँ ।’ बरालका अनुसार डुंगा व्यवसायी समितिका समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रवार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप समस्यामा परेका ३२ जनाको  पनि नाम आएकाले उनीहरुलाई शनिवार बिहान वितरण गरिने बरालले जानकारी दिए ।    आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २ हजार ५०० बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए । राहत लिएर जाँदै गर्दा एक डुंगा चालकले जीविकोपार्जनमा समस्या भइरहेका समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुंगा खियाएर दिनचार्या चलाउने दिनको पर्खाइमा रहेको बताए । व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७७५ जति डुंगा चालक छन् । तीमध्ये चार सयले आफ्नै तथा बाँकीले अरुको डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन्  । रासस

बजेट राहत प्याकेजमा केन्द्रीत गर्न व्यवसायीको माग

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट उद्योगी व्यवसायीको हितमा हुने गरी राहत प्याकेजमा केन्द्रित गर्न पोखराका उद्योगी एवं व्यवसायीहरुले माग गरेका छन् । कोरोनबाट प्रभावित भएका व्यवसायीहरु विस्तारै माथि उठ्न लागेसँगै पुनः कोरोना संक्रमण बढ्न थालेको अवस्थाले व्यवसाय प्रभावित हुने हँुदा आगामी बजेट राहत प्याकेजमै केन्द्रित गर्न व्यवसायीहरुले माग गरेका हुन् । कार्यक्रममा वक्ताहरुले कोरोनाबाट […]

पोखरामा ४ सय घरधनीले दिए घरभाडा छुट

पोखराका ४ सय घरधनीले घरभाडा छुट दिएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का समयमा व्यवसायीहरुलाई राहत पुगोस् भनेर पोखराका ४ सय घरधनीहरुले घरभाडा छुट दिएको नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले जनाएको छ। यसरी घरभाडा छुट दिनेहरु मध्ये ५० प्रतिशतदेखि शतप्रतिशतसम्म घरभाडा छुट दिनेसम्मका रहेको समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए।

बजेटमा राहत कुर्दै पर्यटन व्यवसायी

कोरोना भाइरससँगै लामो समयदेखिको लडडाउनले नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको बेला पोखराका पर्यटन व्यवसायीले भने आगामी आर्थिक वर्षको बजेटमा राहत प्याकेज माग गरेका छन् । उनीहरूले कोरोनासँगै लामो समयदेखिको लकडाउनले पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको भन्दै पहिलेकै अवस्थामा फर्किन दुई वर्ष लाग्नसक्ने हुँदा राहत प्याकेज माग गरेका हुन् ।

लकडाउनलाई साथ दिएका सुकुम्बासी भन्छन् ‘तत्काल राहत नपाए भोकै मर्नुको विकल्प छैन’

कोरोना भाईरस(कोभिड-१९) राेकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई पोखराका सुकुम्बासी बस्तीहरुले पूर्ण साथ