वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीस्वरुप शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप नमुना मतदान गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्रममा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत प्रदान गरिएको थियो । सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रम