आठबीस नगरपालिकास्थित राकमकर्णालीमा निर्माण गर्न लागेको नयाँ सहर आयोजनाको काम १० वर्षयता अलपत्र परेको छ । त्यसका लागि राकमको १ सय ३८.८ रोपनी खेतमा ९९ जना स्थानीयको जग्गा प्रयोग गरी आयोजनाको कार्यान्वयन गर्न थालिएको थियो । तर ठेकेदार कम्पनीहरूको लापरबाहीले सडक, खानेपानी, भवन, पार्कलगायतका १३ वटा ठेक्का अझै अलपत्र छन् ।