धितोपत्र बोर्डको सञ्चालकमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट हटेका थिए ।ढकालको ठाँउमा महासंघले श्रेष्ठलाई पठाएको छ । सदस्य श्रेष्ठ बिहीबारको बोर्ड बैठकमा सहभागी भएका छन् । श्रेष्ठ हाल साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि सञ्चालक छन् ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड सञ्चालकमा अञ्जन श्रेष्ठ

२६ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त सञ्चालक समिति सदस्यमा उद्योगी-व्यवसायी अञ्जन श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सिफारिसमा वस्तुगततर्फका उपाध्यक्ष श्रेष्ठ बोर्ड सञ्चालक नियुक्त भएका हुन् । बोर्डमा निजी क्षेत्रको प्रतिनिधिको रुपमा महासंघले सिफारिस गरेको पदाधिकारीलाई चयन गर्ने गरिएको छ । यसअघि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद […]