आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो छ वित्तीय अवस्था :

असोज २८, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्रबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।  कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआईआर बिबि रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।   प्रधान कार्यलय कास्की पोखरा सिमलचौरमा रहेको यस कम्पनीले हालसम्ममा २० जिल्लामा लघुवित्त व्यवसाय प्रदान गर्दै आएको छ । कम्पनीले गत आवको चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा रू. १० करोड ४३ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ५ दशमलव ९४ गुणा वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. १ करोड ७५ लाख ५९ हजार खुद नाफा कमाएको थियो । गत आवमा कम्पनीले रू. ६ करोड ९८ लाख ९१ हजार खराब कर्जा उठाउन सफल भएकाले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवको कम्पनीले रू. ११ करोड ३८ लाख ४४ हजार खुद ब्याज आम्दानी गरेकोमा गत आवमा वृद्धि भएर रू. २५ करोड ९५ लाख ७७ हजार पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. १६ करोड पुग्नेछ ।                                                       स्रोत : कम्पनीले प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

सम्बन्धित सामग्री

जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सर्किट

वैशाख १३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मगंलवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९४४ दशलमव ४० पुगेको छ । कम्पनीको शेयर आइतवारदेखि लगातार तीन दिनसम्म सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो । सोही कारण कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

५ करोड २२ लाख रुपैयाँको आईपीओ जारी गर्दै यो लघुवित्त, कहिलेदेखि दिने आवेदन ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । यी बाहेक बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आउनेछ ।  आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्ममा आवेदन दिन सकिनेछ ।  आ...

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै

माघ १४, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ । कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृति पाएको हो ।

एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैपटक ६ कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ । गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरर्ला आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको स्वीकृति प्रक्रियाले निरन्तरता पाएको हो । झण्डै ६ महिनापछि बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निस्कासन अनुमति दिएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

साना लगानीकर्तालाई खुशीको खबर, यी ५ कम्पनीको आईपीओ निष्काशन हुँदै

शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।  नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ ।  बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंगाएपछि साना लगानीकर्ता हौसिएका छन् ।  बोर्डले बुधवार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी प्रक्रिया टुंग्याएको हो ।  राजध...

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं, १० साउन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले असार २० गते ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले आईपीओ निष्काशन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ […]

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जाल्पा सामुदायिक लघुवित्तको वित्तीय अवस्था :

साउन ४, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा गरेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।  विक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको हो । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीको प्रधान कार्यलय पोखरा सिमलचौरमा रहेको छ । कम्पनीले हालसम्म २० ओटा जिल्लामा लघुवित्त व्यवसाय प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ ।  आईपीओ निष्कासन पछि पूँजी रू. १६ करोड पुग्नेछ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ करोड २९ लाख नाफा कमाएको छ ।  अघिल्लो आवको तुलनामा नाफा गत आवको तेस्रो त्रैमासमा २२३ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड ९४ लाख ४२ हजार नाफा कमाएको थियो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा रू. ४ करोड ६० लाख ८८ हजार खराब कर्जा संकलन गर्न कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. २६ करोड ६३ लाख ८७ हजार सञ्चित गरेको छ ।