वैशाख १३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मगंलवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९४४ दशलमव ४० पुगेको छ ।
कम्पनीको शेयर आइतवारदेखि लगातार तीन दिनसम्म सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो । सोही कारण कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।