जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल कित्ता आईपीओमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।
यी बाहेक बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आउनेछ ।
आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
आ...