शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ ।
बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंगाएपछि साना लगानीकर्ता हौसिएका छन् ।
बोर्डले बुधवार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी प्रक्रिया टुंग्याएको हो । राजध...