प्रदेश २ : बजेटमा सत्तापक्षसँगै विपक्षी दल र निजी क्षेत्रको असन्तुष्टि

जनकपुरधाम । प्रदेश २ सरकारले मंगलबार ल्याएको बजेटमा प्रतिपक्षीसँगै सत्तापक्ष र निजी क्षेत्रले असतुष्टि जनाएका छन् । सरकारले वितरणमुखी बजेट ल्याएको र महामारीमा थलिएको नीजि क्षेत्रलाई नसमेटिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।  सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद परमेश्वर साहले कार्यान्वनमा चुनौती रहेको बताए । बजेटको केही हिस्सा...

सम्बन्धित सामग्री

प्रदेश-२ मा अन्तिममा फेरियो एमाले उम्मेदवार

२० पुस, जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ । प्रदेश २ बाट रिक्त अन्य सदस्यमा धनुषाका असर्फी भिनबार यादवलाई उम्मेदवार छनोट गरे पनि एमालेले अन्तिममा पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको हो । एमालेले महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको […]

प्रदेश २ मा कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश स्वीकृत

८ पुस, जनकपुरधाम । प्रदेश–२ सरकारले ल्याएको कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले यो अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद परमेश्वर साहले यो अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश […]

प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिन्छ : मुख्यमन्त्री राउत

२९ मंसिर, जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताएका छन् । बुधबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने विश्वास दिलाए । प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै विपक्षी दल र सरकारमा रहेका दलहरु घनीभूत […]

लोसपाले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढङ्गले निर्वाह गर्छ : जितेन्द्र सोनल

जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश २ का संसदीय दलका नेतामा जितेन्द्र सोनलले आफूहरुले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्ने बताएका छन् । सोमबार राति लोसपा प्रदेश २ को संसदीय दलको नेता चयन भएका सोनलले रातोपाटीसँग मंगलबार कुरा गर्दै आफ्नो पार्टीले जनताको पक्षमा आवाज उठाउने बताए । प्रदेश २ मा जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको संयुक्त सरकार रहँदा लोसपा नै सबैभन्दा ठुलो विपक्षी दल बनेको छ । विपक्षमा रहेको एमालेको ८ सांसद छन् भने लोसपाका १६ सांसद

प्रदेश २ को प्रदेश सभा बैठक विपक्षी दलद्वारा अवरुद्ध

प्रदेश २ का विपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले सरकारले ल्याएको बजेट टेबल हुन रोकेका छन् ।

विपक्षी दलले विराेध गरेपछि प्रदेश २ काे प्रदेश सभा बैठक स्थगित

महोत्तरी – प्रदेश २ को प्रदेश सभा बैठक विपक्षी दलको विराेधपछि स्थगित भएको छ । प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ पालिकामा अन्तिम समयमा ससर्त अनुदान पठाएको भन्दै विपक्षी दलले विरोध गरेपछि बैठक स्थगित भएको हो ।  मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरूले माग गरेका थिए ।  सभामुख सरोजकुमार यादवले जवाफ दिन रुलिङ गर्नुभएकाे थियाे । तर विपक्षी दलका सांसदले मुख्...

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ