काठमाडौं: वीरगञ्जबाट आठ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन्। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका १६ स्थित खडक खण्डबाट बारा प्रसौनी गाउँपालिका २ का सुनिल कुमार साहलाई रकमसहित नियन्त्रणमा लिएको हो। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना २८ प ९००८ नम्बरको मोटरसाइलकमा सवार उनलाई १ हजार दरका ८ सय थान नेपाली नोटसहित पक्राउ गरेको हो। हेलमेट भित्र राखेर ल्याएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई उक्त रकमसह